✍️ राजेश अधिकारी
छाया सदा पछ्याउँछ मेरो मिल्ने साथी बनी
छोड्दैन साथ मेरो जस्तै विपत आए पनि
म रोए ऊ रोइदिन्छ म हाँसे छाया हाँस्दछ
प्रतिरूप नै हो ऊ मेरो म नाचे ऊ नाच्दछ
ऐना सदा मख्ख पर्छ मैले हाँसी हेरेँ भने
जिस्किहाल्छ मेरो दर्पण यदि मै जिस्केँ भने
मेरो सच्चा साथी ऐना मेरै लागि बनेको छ
पीडा व्यथा जिन्दगीको मैले जस्तै सहेको छ
मनको कुरा बुझ्ने नै साथी बन्दछ सर्बदा
साथीको प्रेम हुन्छ जगको अतुल सम्पदा
थिइन् आमा मेरी साथी जब थिएँ म बालक
थिएँ म प्रेमको पिण्ड जननी मेरी लालक
साथीझैँ थिए बाबा डुल्थेँ उनको काँध चढी
खेल्थेँ हास्थेँ लाडे पल्टी खोज्थेँ बाबा हरघडी
आमा बाबा नै सदैव इष्ट सूर्य र चन्द्र झैँ
नथाक्ने कबै प्रेम पोख्न सदैव सन्तानमै
गुणी साथी जगतभरमा भेटिन्छ बिरलै
जन्मदाता हुन् सच्चा साथी त्रिलोकमा निश्चितै
साथीबीचको विश्वाश बन्छ अभेद्य कवच
आपसी हित गर्दा नै मिल्छ प्रेमको श्रीपेच
धनी गरिब विभेद हुन्न साथी र साथीमा
साथित्व दिगो कहिले हुन्न छुपेको स्वार्थमा
तन्नम थिए सुदामा श्रीकृष्णका प्रिय सखा
साथीलाई सर्वस्व देख्थे स्वयम् कृष्णका आँखा
जन्मदेखि मृत्यु पर्यन्त यात्रा छ जीवनको
दुःखसुख र घामछायां नै साथी हुन् प्राणीको
सागरभन्दा गहिरो हुन्छ साइनो साथीको
लोकमा हुन्छ साथीको स्थान नभझैँ माथिको
खुनको नाताभन्दा उचो हो सम्बन्ध साथीको
निम्ठो होइन साथीको माया झुसी मानापाथीको ।
इति
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच