सर्वोच्च अदालतमा सुशासन कायम गर्छौं : प्रधानन्यायाधीश श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं ।  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताउनुभएको छ । सोमबार सर्वोच्च अदालतमा स्वचालित पेसी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताउनुभएको हो । अदालतका सबै काम-कारबाही प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने उहाँको भनाइ थियो । उहाँले अदालतमा स्वचालित पेसी तारेख प्रणाली लागू भएसँगै कर्मचारीले उच्च मनोबलका साथ काम गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो । स्वचालित प्रणालीले कर्मचारी र सेवाग्राहीहरूलाई निश्चिन्तता हुने पनि उहाँले बताउनुभयो । अदालतमा सुधारको काम अघि बढिसकेको र अझै सुधार हुँदै जाने उहाँको भनाइ थियो ।

‘यसले (स्वचालित पेसी तारेख प्रणाली) कर्मचारीहरूलाई निश्चिन्तता हुने, सेवाग्राहीहरूलाई पनि निश्चिन्तता हुने, अब यो सुधारको प्रक्रियामा अगाडि बढेको जस्तो लाग्दछ, पेसी व्यवस्थापन कडी हो यो,’ उहाँले भन्नुभयो, ‘तारेखसम्म सुधार ग¥यौँ हामीले । अब सायद हाम्रो कर्मचारी साथीहरूले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई यसले मद्धत गर्छ होलाजस्तो अनुभूति मलाई भएको छ ।’
उहाँले स्वचालित पेसी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको बताउनुभयो । भित्रैको जनशक्तिले सफ्टवेयर निर्माण गरेको जानकारी दिँदै उहाँले यो प्रणालीलाई आगामी दिनमा काठमाडौं जिल्ला अदालत हुँदै अन्य अदालतहरूमा पनि लागू गरिने बताउनुभयो ।

स्वचालित पेसी तारिख न्यायिक सुशासनको सुरुवात
प्रधानन्यायाधीश श्रेष्ठले स्वचालित पेसी तारिख न्यायिक सुशासनको सुरुवात भएको बताउनुभएको छ । सर्वोच्च अदालतमा सोमबारदेखि स्वचालित पेसी तारिख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै उहाँले उक्त प्रविधिबाट पेसी तारिख तोक्दा न्याय व्यवस्थापनमा सहज र न्यायिक सुशासन कायम हुने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘यो प्रणालीले कर्मचारी र सेवाग्राहीलाई पनि निश्चितता हुने वातावरणको सिर्जना भएको छ । एउटा सुधारको प्रक्रियामा अगाडि बढेको छ, यो पेसी व्यवस्थापन कडी हो ।’

प्रधानन्यायाधीश श्रेष्ठले कर्मचारीले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्न यस प्रणालीबाट सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले उक्त प्रविधि सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले बनाएको र यो सर्वोच्च अदालतमा सफल भएमा अन्य ठूला मुद्दा भएका अदालतमा पनि लागू गर्न सकिने बताउनुभयो ।

नेपालको ३१औँ प्रधानन्यायाधीशका रूपमा श्रेष्ठ यही भदौ ४ गते नियुक्त हुनुभएको थियो । उहाँले भदौ ५ गते पद तथा गोपनीयताको शपथ लिएर पदबहाली गरी कार्यभार सुरु गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?