वाराही सेदी र एनएमबी क्यापिटलबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पोखराको लेकसाइडमा पाँचतारे होटल बनाइरहेको बाराही सेदी र एनएमबी क्यापिटलबीच सम्झौता भएको छ । बाराही सेदीले सर्वसाधारणका लागि आइपिओमार्फत् साधारण सेयर निष्कासन गर्न उक्त सम्झौता भएको हो । वाराही सेदी लिमिटेडको सेयर निष्कासन र बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको हो । जारी पुँजी एक अर्ब १६ करोड रुपैयाँ रहेको होटलले जारी पुँजीको १० प्रतिशत अर्थात् ११ करोड ६० लाख रुपैयाँ बराबरको ११ लाख ६० हजार कित्ता सेयर जारी गर्ने कम्पनीले जनाएको छ ।

सो सम्बन्धी सम्झौता–पत्रमा वाराही सेदी होटलका कार्यकारी सञ्चालक विप्लव पौडेल तथा एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गर्नुभएको हो । सो अवसरमा वाराही ग्रुपका अध्यक्ष हरिप्रसाद पौडेल, बोर्ड सदस्य वसन्ती पौडेल, एनएमबी क्यापिटलका कमलप्रसाद नेपाल तथा आशिषराज पाण्डेलगायतको उपस्थिति रहेको थियो । हाल करिब ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको होटल सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तीव्रगतिमा निर्माण कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?