कोशी प्रदेश सरकारविरुद्धको मुद्दा ‘हेर्न नमिल्नेमा’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको मुद्दा आज सर्वोच्च अदालतमा 'हेर्न नमिल्ने' भएको छ।

मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र शुष्मलता माथेमाको संयुक्त इजलासको तेस्रो नम्बरमा तोकिएको थियो।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै गत भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले तत्काल दिर्घकालीन असर पर्ने निर्णय नगर्न भन्दै मुद्दालाई अग्राधिकार दिएको थियो।

आज पनि खतिवडासहितकै इजलासमा पेसी परेपछि उक्त रिट निवेदन ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो।

मुख्यमन्त्री थापाले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संबैधानिक भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले आजबाट अन्तिम सुनुवाइ सुरु गर्न लागेको थियो ।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिनुभएको थियो । कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?