यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४३ रूपैयाँ २१ पैसा र बिक्री दर १४३ रूपैयाँ ८६ पैसा कायम गिरएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ३९ पैसा र बिक्री दर १६८ रूपैयाँ ८६ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५७ रुपैयाँ र बिक्री दर ८५.९७ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९८ रुपैयाँ २६ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ २ पैसा र बिक्रीदर १० रूपैयाँ ६ पैसा कायम हुन पुगेको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसामा खरिदबिक्री गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३६.३७ रुपैयाँ र मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५४ रुपैयाँ कायम भएको छ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२८.४१ पैसा विक्रीदर ४३०.३५ पैसामा खरिदबिक्री हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?