१९ औं एशियाली खेलमा नेपाली करातेले पदक जित्ने विश्वास

न्युज एजेन्सी नेपाल
Read Time = 2 mins

काठमाडाैं । चीनको हाङझाओमा हुने १९ औं एशियाली खेलकुदमा नेपाली कराते खेलाडीहरु पदक जित्ने लक्ष्यका साथ अभ्यास गरिरहेका छन् ।

नेपालको राष्ट्रिय खेलकुद परिषद्ले तेक्वान्दो, कराते र बक्सिङलाई हाङ्जाओ एशियाली खेलकुदमा पदक जित्ने सम्भावित खेलको सूचिमा राखेको छ । विप्लवलाल श्रेष्ठ नेतृत्वको टोली अहिले अभ्यासमा व्यस्त रहेको बताइएको छ । श्रेष्ठ आफैँ २०१९ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता हुन् । नेपालले गत एशियाली खेलकुदमा स्वर्ण पदक जित्न सकेको थिएन ।

दुई पटक रजत र २२ कास्य पदक भने जितेको थियो । २०१८ को एशियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा रजत जितेको थियो । अन्य सबै पदक कराते, तेक्वान्दो र बक्सिङमा हासिल गरेको थियो । हाङजाओ एीशयाली खेलकुदको तयारीका लागि नेपालले कराते खेलाडीलाई प्रशिक्षणका लागि बेल्जियम र इण्डोनेशिया पठाएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले बताउनु भयो ।

उहाँले चीनमा हुने एशियाली खेलकुदमा धेरै खेलमा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको बताउनु भयो । उहाँले अब केही समयमै आफू चीन आउने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?