१९ औं एशियाली खेलमा नेपाली करातेले पदक जित्ने विश्वास

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 2 mins

काठमाडाैं । चीनको हाङझाओमा हुने १९ औं एशियाली खेलकुदमा नेपाली कराते खेलाडीहरु पदक जित्ने लक्ष्यका साथ अभ्यास गरिरहेका छन् ।

नेपालको राष्ट्रिय खेलकुद परिषद्ले तेक्वान्दो, कराते र बक्सिङलाई हाङ्जाओ एशियाली खेलकुदमा पदक जित्ने सम्भावित खेलको सूचिमा राखेको छ । विप्लवलाल श्रेष्ठ नेतृत्वको टोली अहिले अभ्यासमा व्यस्त रहेको बताइएको छ । श्रेष्ठ आफैँ २०१९ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता हुन् । नेपालले गत एशियाली खेलकुदमा स्वर्ण पदक जित्न सकेको थिएन ।

दुई पटक रजत र २२ कास्य पदक भने जितेको थियो । २०१८ को एशियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा रजत जितेको थियो । अन्य सबै पदक कराते, तेक्वान्दो र बक्सिङमा हासिल गरेको थियो । हाङजाओ एीशयाली खेलकुदको तयारीका लागि नेपालले कराते खेलाडीलाई प्रशिक्षणका लागि बेल्जियम र इण्डोनेशिया पठाएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले बताउनु भयो ।

उहाँले चीनमा हुने एशियाली खेलकुदमा धेरै खेलमा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको बताउनु भयो । उहाँले अब केही समयमै आफू चीन आउने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राजधानीमा विविध कार्यक्रमसहित मनाइयो ३२ औं विश्व आदिवासी दिवस (तस्बिरहरु) आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे सडकमा सिठी फुकेर मात्र ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्युनिकरण गर्न सकिँदैन :… सम्पर्कविहीन पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत फेला ‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रस्ताव सुनको मूल्य तोलामा चार हजार आठ सयले बढ्यो, आज कतिमा हुँदैछ काराेबार… सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप गर्छौं : रवि लामिछाने सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला भएको छैन, तर केही छनक देखिनुपर्थ्यो :… विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी