मन्त्रिपरिषद् बैठक बस्दै, संघीय निजामती सेवा विधेयक स्वीकृत गर्दै

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । आज अपराह्न बस्ने बैठकले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसदमा पठाउने निर्णय गर्ने सम्भावना छ ।

यसअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मन्त्रिपरिषद बैठकबाट संघीय निजामती सेवा विधेयक स्वीकृत गर्दै संसदमा पठाउने बताउनुभएको थियो ।

विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि आवश्यक छलफल हुने र ऐन निर्माणको प्रक्रियामा जाने छ । यसअघि पनि संघीय निजामती सेवा विधेयक संसदमा दर्ता भए पनि पछि फिर्ता भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?