पोखरामा ड्रुक एयरको चार्टर्ड उडान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भुटानको रोयल भुटान एयरलाइन्सले शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक चार्टर्ड उडान भरेको छ । रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को एयरबस ३१९ बिहान छ बजेर ३९ मिनेट जाँदा पोखरा विमानस्थलमा अवतरण गरेको थियो भने बिहान आठ बजेर पाँच मिनेटमा भुटानको पारोतर्फ उडेको बताइएको छ ।

नागरिक उड्डययन प्राधिकरण(क्यान)का अनुसार उक्त एयरले पोखरादेखि पारोमा हप्तामा सात उडान गर्नेछ । भुटानको ड्रुक एयर पोखरामा व्यावसायिक चार्टर्ड फ्लाइट गर्ने पहिलो अन्तर्राष्ट्रिय एयरलाइन्स बनेको छ । यसअघि चीनको सिचुवान एयरलायन्सले जुन २१ मा पोखरामा चार्टर्ड फ्लाइट गरेको थियो ।

२२ अर्ब रुपैयाँको ऋण लगानीमा बनेको पोखरा विमानस्थलमा व्यावसायिक उडान हुन नसकेको अवस्थामा भुटानबाट हुने व्यावसायिक चार्टर्ड फलाइटले आश जगाएको छ । ४२ वर्षअघि सन् १९८१ मा स्थापना भएको उक्त एयरलाइन्सले हाल १३ स्थानमा व्यावसायिक उडान भर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?