आत्महत्या नियन्त्रणका लागि ‘आशा बढाऔं, आत्महत्या रोकौं’ अभियान 

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । पहाडी जिल्ला भोजपुरमा आत्महत्याका घटनामा बृद्धि भएको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार भोजपुरको तीन आर्थिक बर्षमा एक सय ५३ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक बिशाल लिम्बुले आर्थिक बर्ष २०७७/०७८, ०७८/०७९ र ०७९/०८० मा गरी प्रत्येक बर्ष ५१ जनाले गरी एक सय ५३ जनाले आत्महत्या गरेको बताउनुभयो । जसमा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी छ । बिष सेवन, हाम्फालेर र आत्महत्या गर्न बाध्य हुने परिस्थितीबाट समेत आत्महत्या गर्ने गरेको देखिएको प्रहरी निरीक्षक लिम्बुले जानकारी दिनु भयो ।

आत्महत्या नियन्त्रणका लागि ‘आशा बढाऔं, आत्महत्या रोकौं’ भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालय भोजपुरले आइतवार सचेतना अभियान समेत गरेको छ । प्रभातफेरी सहित जिंगल प्रशारण र पर्चा बितरण गरी सचेतना कार्यक्रमको आयोजना गरिएको छ । जिरो प्वाइन्ट गेटबाट बिभिन्न प्लेकार्डसहित सुरु भएको प्रभात फेरी सदरमुकाम स्थित चारभञ्ज्याङ चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सो क्रममा आत्महत्या बढ्दोरुपमा देखिन थालेकाले मनोसामाजिक परामर्शका बिषयहरुमा पनि ध्यान दिन जरुरी रहेको सहभागि बक्ताहरुले बताउनुभयो । उद्योग बाणिज्य संघका अध्यक्ष कर्ण मोक्तान, भोजपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष जय कुमार तामाङ, जिल्ला अस्पताल भोजपुरका प्रमुख डाक्टर शिवजी रिजाल, नागरिक समाजका संयोजक पर्शुराम तिवारी, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख दल कुमार राईलगायतले आत्महत्या जघन्य अपराध भएकाले यसको न्युनीकरणमा सवै पक्षले सचेतनामा जोड दिनु पर्ने बताउनुभयो ।

प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय भोजपुरले मातहतका प्रहरी कार्यालयहरुको समन्वयमा जिल्लामा आत्महत्या न्युनीकरणका लागि बिभिन्न सचेतनामुलक कार्यक्रमहरु समेत संचालन गर्दे आई रहेको निमित्त प्रहरी प्रमुख दल कुमार राईले बताउनुभयो ।
कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सुरक्षाकर्मी, शिक्षक, बिद्यार्थी, स्थानीय, नागरिक समाज, स्थानीय जनप्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?