मंगलबजारमा श्रीकृष्ण पूजन परिक्रमा

हिमालय टाइम्स
Read Time = 2 mins

ललितपुर । श्रीकृष्ण पुजन परिक्रमा ललितपुर मंगलबजारबाट सम्पन्न गरिएको छ । यो परिक्रममा नेपालका गान्धी का रूपमा परिचित तुलसीमेहर श्रेष्ठले प्रारम्भ गर्नुभएको थियोे । ललितपुरमा मनाइने विभिन्न जात्राहरूमध्ये भगवान् श्रीकृष्ण पूजाको परिक्रमा पनि हो । यस जात्राको परिक्रमा अर्थात् व्यवस्थापन गर्ने वि.सं. १९८८ देखि मात्रै स्व. तुल्सीमेहर श्रेष्ठको पहलमा प्रारम्भ भएको हो । उहाँ कोवहाल टोलकै बासिन्दा हुनुहुन्थ्यो ।

नेपाल चर्खाप्रचारक गान्धी तुलसी स्मारक महागुठीका संस्थापक तुलसी मेहर श्रेष्ठले भारत सरकारले प्रदान गर्ने जवाहरलाल नेहरू अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्तगरी नेपालीहरूको सम्मान लाई उचो बनाउनुभएको थियोे । नगर परिक्रमामा संस्थाका तर्फबाट कार्यसमिति सदस्य केशवप्रसाद चौलागाईंले सहभागिता जनाउनुभएको थियोे ।

श्रीकृष्ण पूजा परिक्रमा व्यवस्थित एवं बृहतरुपमा मनाउने प्रयासस्वरुप आठवटा प्रमुख टोलहरूमा विभाजित गरेर पालैपालो सञ्चालन भइरहेका छन् । विभिन्न टोलको पालोको तालिका यसअनुसार छ- कोवहाल, मंगलबजार, सुन्धारा, चक्रवहिल, पूर्णचण्डी, पुल्चोक, पिम्वहाल र धलायचा । परिक्रमा अवसरमा जम्मा २१८ स्थानको लागि भाग व्यवस्था गर्नुपर्ने हुन्छ । यस पूजा व्यवस्थापनको लागि ललितपुर नगरमा एक केन्द्रीय स्तरको एक प्रबन्ध समिति गठन गरिएको छ । प्रदान गरेको रकमबाट एक अक्षय कोषसमेत खडा गरेको छ । त्यस कोषबाट प्राप्त ब्याजबाट केही नगद सहयोग श्रीकृष्ण पूजा सञ्चालन खर्चबापत दिने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?