संविधानको प्रति हरेक घरमा बाँड्न सर्वोच्चको आदेश

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सर्वोच्च अदालतले हरेक नेपालीको घरमा नेपालको संविधानको प्रति वितरण गर्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीश सुष्मालता माथेमा र हरि फूयालको इजलासले यस्तो परमादेश जारी गरेको हो ।

अधिवक्ता विकास भट्टराईले नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत बनाएको संविधान हरेक नेपालीको घरमा पुग्नुपर्ने भन्दै संविधानको प्रति वितरण गर्न माग गरी २०७२ सालमा रिट निवेदन दर्ता गर्नुभएको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै माग बमोजिम आदेश जारी गरेको हो ।

अधिवक्ता भट्टराईले यसअघिका संविधानहरू राजाको नामबाट जारी भएकाले यो संविधान नेपाली जनताले नै बनाएर जारी गरेको भन्दै अपनत्वका लागि पनि हरेक नेपालीको घरमा संविधान पुर्याउनुपर्छ भनेर रिट निवेदन दिनुभएको बताउनुभयो ।

अधिवक्ता भट्टराईले घरघरमा संविधान जारी गर्नुपर्छ भनेर माग राखी कानुन किताब व्यवस्था समितिलाई समेत मुद्दा हाल्नुभएको थियो । समितिले अहिले नेपालको संविधान १३० रुपैयाँमा वितरण गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?