चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

गीतसंगीतका सतचालीस विधामा अवार्ड प्रदान

हिमालय टाइम्स
Read Time = 14 mins

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । काठमाडौंको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा एक विशेष समारोहबीच गीतसंगीतका विभिन्न विधाका श्रष्टालाई अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता रहेको समारोहमा वरिष्ठ संगीतकार राजु सिंहलाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । समारोहमा हिमालय टाइम्सका कृष्ण भुसाल, रेडियो नेपालका राम थापा ‘अविरल’, लेन्स नेपालका विष्णु सुवेदी र ओएस नेपालका सुमन सापकोटालाई पत्रकारिता सम्मानले विभूषित गरिएको थियो ।

‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रालिले आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो ।

सोहीअनुरूप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीतसंगीतका लोकप्रिय स्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको अवार्डका अध्यक्ष रमेश पाठकले बताउनुभयो ।

समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत ‘नेपाली हामी गोर्खाली’बाट शुभद्रा भण्डारी (गीतकार), यही गीतबाट शेखर लामा (संगीतकार) र मेरो देश जस्तो बाट गायनमा राकेश ओलीले अवार्ड प्राप्त गर्नुभएको थियो । सर्वोत्कृष्ट गीतकार पपमा राजेश अर्यालले ‘मेरो माया’बाट अवार्ड प्राप्त गर्नुभयो ।

आधुनिक गीत सर्वोत्कृष्टको गीतकारमा सचिता कर्माचार्यले ‘साथले तिम्रो’बाट अवार्ड प्राप्त गर्नुभयो भने प्रतिमा शिवाकोटीले ‘साँचो माया’बाट जुरी अवार्ड प्राप्त गर्न सफल हुनुभयो । सर्वोत्कृष्ट संगीतकार लोक तथा आधुनिकमा नीरप्रसाद गुरुङले ‘तिम्रो खुशी देख्न पाउँ’बाट अवार्ड प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट संगीतकार पप तथा आधुनिकमा राजेन्द्र बजगाईंले ‘फर्केर हेरन’बाट अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुँदा ढुण्डिराज ढकालले ‘माया लाग्छ कती’बाट जुरी अवार्ड प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट संगीत संयोजक पपमा नरेन्द्र वियोगीले ‘लै लै राजकुमारी’बाट अवार्ड प्राप्त गर्नुभयो ।

त्यस्तै, सर्वोत्कृष्ट नवगायक/गायिका पप तथा आधुनिकमा निमा शेर्पाले ‘रेशमैको डोरी’बाट अवार्ड प्राप्त गर्दा उषा गजुरेलले ‘श्वास’बाट जुरी अवार्ड प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट गायन पप तथा आधुनिकमा चेतन राईले ‘तिमीधुन बन’बाट अवार्ड प्राप्त गर्नुभयो भने भरत समारीले ‘माया पनि गरियो’बाट जुरी र्‍याप अवार्ड प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट गायन लोकपपमा सुनिल थापामगरले ‘निर हो’बाट अवार्ड प्राप्त गर्दा टीका वञ्जनले ‘ठ्याक्क ठ्याक्क’बाट जुरी अवार्ड प्राप्त गर्नुभयो ।

सर्वोत्कृष्ट गायक पपमा मानस राजले ‘लै लै राजकुमारी’बाट अवार्ड आफ्नो पोल्टामा पार्दा सर्वोत्कृष्ट गायिका पपमा बेनिशा पौडेलले ‘यो नजरमा नजर’बाट आवार्ड प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट नवमोडल पप तथा आधुनिकमा रेश्मा श्रेष्ठले ‘जिन्दगीका गोरेटोहरू’बाट अवार्ड प्राप्त गर्नुभयो भने सर्वोत्कृष्ट मोडल पप तथा आधुनिकमा अमन श्रेष्ठले ‘पर्खी बसे म’ र रोशन श्रेष्ठले ‘लाहुरे सिपाही दाइ’बाट जुरी अवार्ड प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट निर्देशक पप तथा आधुनिकमा सुवास प्रधानले ‘नजाउँ टाढा’बाट पपमा अवार्ड हात पार्न सफल हुनुभयो भने गणेश शाहीले ‘अमेरिका’ आधुनिकबाट अवार्ड हात पार्नुभयो ।

यस्तै, सर्वोत्कृष्ट गीतकारमा गोविन्द कँडेल ‘आँसु’ले ‘ए माया जुनकीरी’बाट अवार्ड प्राप्त गर्नुभयो भने बाबुराम श्रेष्ठले ‘उपमा के दिउँ’ जुरीबाट अवार्ड प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट गायन आधुनिकमा अभिनय यादवले ‘मायाको सुरुवात-२’बाट अवार्ड प्राप्त गर्दा सर्वोत्कृष्ट संगीतकारमा राजनराज शिवाकोटीले ‘ताँती’बाट अवार्ड प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट संगीत संयोजकमा कुशल सिंहले ‘फूलथुंगे रानी’बाट अवार्ड प्राप्त गर्दा साहास शाक्यले ‘किन हुँदैन’बाट जुरी अवार्ड हात पार्नुभयो । सर्वोत्कृष्ट गायकको अवार्ड स्वरूपराज आचार्यले ‘अधुरो सपना’बाट प्राप्त गर्नुभयो भने सर्वोत्कृष्ट गायिकाको अवार्ड इन्दिरा जोशीले ‘खुल्ला आकाश’बाट प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट युगल गायनमा कालिप्रसाद बाँस्कोटा र सदीक्षा कट्टेलले ‘मायाँ रैछ र’बाट अवार्ड प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट नवमोडलमा सनिशा भट्टराईले ‘ए होर माया’बाट अवार्ड प्राप्त गर्दा सर्वोत्कृष्ट मोडल पुरुषमा आकाश श्रेष्ठले ‘धर्ती आकाश’बाट र सर्वोत्कृष्ट मोडल महिलामा गरिमा शर्माले तिम्रै निम्ती हो’बाट अवार्ड प्राप्त गर्नुभयो ।

त्यस्तै सर्वोत्कृष्ट छायांकारको अवार्ड अर्जुन तिवारीले ‘तिमीलाई हेर्र्नेे बानी पर्‍यो’बाट प्राप्त गर्दा सर्वोत्कृष्ट भिडियो सम्पादकको अवार्ड डिनसन शाहले ‘तिम्रै झल्को’बाट प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट निर्देशकमा सरोज अधिकारीले ‘लै लै राजकुमारी’बाट, सर्वोत्कृष्ट ध्वनि मिश्रणमा प्रदीप जोशीले ‘निदाउन देउ मलाई’बाट सर्वोत्कृष्ट शब्द लोक तथा दोहोरीमा नेत्र अर्यालले ‘माझी दाइ’बाट, सर्वोत्कृष्ट लय लोक तथा दोहोरीमा खेम सेञ्चुरीले ‘माझी दाइ’बाटै अवार्ड प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट संगीत संयोजक लोक तथा दोहोरीमा रामकृष्ण थापाले ‘बर्दिवास सिन्धुली’बाट, नारायण दंगाल ‘पिरको भारी’ जुरी, सर्वोत्कृष्ट गायन लाइभ दोहोरीमा यमन खनालले ‘तारा जुनाले’बाट सर्वोत्कृष्ट गायक लोक तथा दोहोरीमा प्रकाश दुतराजले ‘देउरलीमा’बाट सर्वोत्कृष्ट गायिका लोक तथा दोहोरीमा शान्तिश्री परियारले ‘सोल्टी बजारमा’बाट सर्वोत्कृष्ट नवमोडल लोक तथा दोहोरीमा रिना गुरुङले ‘दुःखटर्या छैन’बाट सर्वोत्कृष्ट मोडल पुरुष लोक तथा दोहोरीमा प्रकाश सपुतले ‘काहाँको साइनो’बाट सर्वोत्कृष्ट मोडल महिला लोक तथा दोहोरीमा केकी अधिकारीले ‘बसाई सरेर’बाट सर्वोत्कृष्ट भिडियो सम्पादक लोक तथा दोहोरीमा रोशन धितालले ‘दुर्गा’बाट सर्वोत्कृष्ट निर्देशक लोक तथा दोहोरीमा मिलन श्रेष्ठले ‘धादिङ जिल्ला’बाट अवार्ड प्राप्त गर्दा निशान बांनियाले ‘त्रिशूलीको तिरैमा’बाट जुरी अवार्ड प्राप्त गर्नुभएको थियो ।

यसैगरी, सर्वोत्कृष्ट निर्देशक भाषाभाषीमा विजय शाह (अजय)ले ‘तोहरे से विवाह’बाट सर्वोत्कृष्ट गायक÷गायिका लोकगीतमा चेत बुढाथोकीले ‘बाजा घन्काउ’बाट र सीता केसीले ‘वरको शीतल छायाँबाट अवार्ड प्राप्त गर्नुभएको थियो । सर्वोत्कृष्ट नवगायक÷गायिका कांठे लोक तथा दोहोरीमा शंकर घिमिरेले ‘कालीको जोबन’बाट सबनम आचार्यले ‘गलबन्धी पछ्यौरी’बाट अवार्ड प्राप्त गर्नुभएको थियो । सर्वोत्कृष्ट गायक कांठे लोक तथा दोहोरीमा सरोज ढकालले ‘रुमाल खल्तीमा’बाट सर्वोत्कृष्ट गायक/गायिका तामाङ सेलोमा राम गोम्जाले ‘गत्ते च्याजी’बाट रमला पाख्रिन तामाङले ‘साइकोले’बाट अवार्ड प्राप्त गर्नुभएको थियो र सुभाष तामाङ ‘छेवार’ जुरी, सर्वोत्कृष्ट गजल गायनमा मनमोहन थपलियाले ‘माया गर्छु भन्नेहरू’ सर्वोत्कृष्ट नवप्रतिभा बालकलाकारमा जेनिश उप्रेतिले ‘बाटो’बाट अवार्ड प्राप्त गर्दा पब्लिकच्वाइस अवार्ड ‘दर्शन सलाम’ गीतलाई प्रदान गरिएको थियो ।

अवार्डको प्रमुख निर्णायकमा संगीतकार भानुभक्त ढकाल हुनुहन्थ्यो भने निणार्यकमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य पुरु लम्साल, कोरियोग्राफर जोगेन्द्र केसी, संगीतकार रिमेश कुमार, रचनाकार राधिका अधिकारी, निर्देशक होम धिताल र नायक सविन श्रेष्ठ रहनुभएको थियो ।

कार्यक्रममा गायक आनन्द कार्की, संगीतकार कल्याण सिंह, चलचित्र निर्देशक शिवम् अधिकारी, इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेल, गायक भुवन प्यासी, सौगातजंग थापा, मेकअप आर्टिष्ट टेकराज पाण्डेलगायतलाई सम्मान गरिएको थियो ।

सामाजिक अभियान्ता डा.सीता ढुंगाना, कमेडियन हिमेशराज पन्तको प्रस्तुति रहेको समारोहमा विकास आयुक्त, काठमाडौं उपत्यका विकास प्राधिकरण जानुका ढंकाल, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, वरिष्ठ गीतकार कृष्णहरि बराल, विशिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, सुभाष गजुरेल गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गायिका देविका वन्दना, निर्देशक उज्ज्वल केसी, निर्देशक ईश्वर गुरुङ, नायक तेज गिरी सञ्चारकर्मी राज लुइँटेल, गीता अधिकारीलगायतका अतिथिले अवार्ड विजेतालाई अवार्ड प्रदान गर्नुभएको थियो । कार्यक्रममा जुरी सदस्य र अथितिलाई प्रशंसा पत्रका साथै मायाको चिनो प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?