अर्जेन्टिना र ब्राजिलको जित

Read Time = 4 mins

लण्डन । विश्वकप विजेता अर्जेन्टिना र ब्राजिलले सन् २०२६ मा हुने फिफा विश्वकपको छनोटमा जित हात पारेका छन् । अर्जेन्टिनाले बोलिभियालाई ३-० ले हरायो भने ब्राजिलले पेरुलाई १-० ले हराएको हो । कप्तान लियोनल मेस्सीबिना नै मैदान उत्रिएको अर्जेन्टिनाले सहजै जित निकालेको हो । ३१औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । उहाँले कप्तान डी मारियाको पासमा गोल गर्नुभएको थियो ।

४२औँ मिनेटमा निको टाग्लियाफिकोले आफ्नो अन्तर्राष्ट्रिय क्यारियरको पहिलो गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाउनुभयो । उहाँले पनि डी मारियाकै पासमा गोल गर्नुभएको थियो । खेलको ८३औँ मिनेटमा निको गोन्जालेजले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गर्नुभयो ।

यस्तै, पेरुमा भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई हराउँदा मार्किन्हसले ९०औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । ब्राजिलले धेरै नै संघर्ष गर्नुपरेको खेलमा मार्किन्हसले नेमारको कर्नरमा हेडमार्फत् गोल गर्दै जित दिलाउनुभएको थियो ।

उरुग्वे भने इक्वेडरसँग २-१ ले पराजित हुन पुग्यो । इक्वेडरलाई जिताउन फेलिक्स टोरसले दुवै गोल गर्नुभयो । छनोटको दुई चरणको खेल सकिँदा ब्राजिल ६ अंकसहित शीर्षस्थानमा छ । अर्जेन्टिनाको समान ६ अंक भए पनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । कोलम्बियाको चार अंक छ भने उरुग्वे र भेनेजुयलाको समान तीन-तीन अंक छ ।

यता युरोकप छनोटमा बेल्जियम र इटालीले जित हासिल गरे । समूह ‘एफ’ मा रहेको बेल्जियमले एस्टोनियामाथि ५-० को फराकिलो जित निकाल्यो । बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई, जान भर्टोङ्न, चाल्र्स डे केटेलेर र लिआन्ड्रो ट्रोसार्डले एक-एक गोल गर्नुभयो ।

बेल्जियम पाँच खेलमा १३ अंकसहित शीर्षस्थानमा छ । समान पाँच खेलमा १३ अंक नै रहेको अष्ट्रिया गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । अष्ट्रियाले गए राती नै स्वीडेनलाई ३-१ ले हराएको थियो ।

उता समूह ‘सी’ मा इटालीले युक्रेनलाई २-१ ले पराजित गर्‍यो । इटालीको जितमा दुवै गोल डाभिडे फ्राटेसीले गर्नुभएको थियो । युक्रेनका लागि एक सान्त्वना गोल अन्द्रिय यार्मोलेन्कोले गर्नुभएको थियो । समूहमा इंग्ल्याण्ड पाँच खेलमा १३ अंकसहित शीर्षस्थानमा छ । त्यसपछि इटाली, युक्रेन र नर्थ म्यासेडोनियाको समान सात अंक छ । युक्रेनले इटाली र नर्थ म्यासेडोनियाभन्दा एक खेल कम खेलेको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?