सुनको मूल्य घट्दो क्रममा

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अमेरिकी डलर मजबुत बन्दै गइरहेको भए पनि अमेरिकी रिजर्भ बैंक फेडले मौद्रिक नीतिमार्फत् ब्याजदर दुई प्रतिशतमा स्थिर राख्ने नीति लिएका कारण उत्पन्न सेलिङ प्रेसरले यस साता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही कमी आएको छ । जुन मूल्य विश्व बजारमा विगत तीन सातायताकै कम हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको कमीले नेपाली बजार पनि प्रभावित भएको छ ।

तेल उत्पादक राष्ट्रहरूले तेलको उत्पादन घटाएकाले आगामी दिनमा सुनको मूल्यमा उतारचढाव देखिन सक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभएको छ । शाक्यका अनुसार नेपाली बजारमा यस साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९५ हजार नौ सय ३५ रुपैयाँ रहेको सुनको मूल्य साताको दोस्रो दिन सोमबार साताकै सबैभन्दा बढी अर्थात् प्रति १० ग्राम ९६ हजार २० रुपैयाँसम्म पुगेको थियो । मंगलबार स्थिर रहेको मूल्य साताको अन्तिम कारोबार दिन शुक्रबार प्रति १० ग्राम ९५ हजार आठ सय ५० रुपैयाँमा झ¥यो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम ८५ रुपैयाँले कम हो भने साताकै उच्च मूल्य कायम भएको दिन सोमबारको तुलनामा प्रति १० ग्राम एक सय ७० ले कम हो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । साताको पहिलो दिन एक हजार एक सय ९६ रुपैयाँमा कारोबार भएको चाँदी तेस्रो दिन साताकै सबैभन्दा बढी अर्थात् प्रति १० ग्राम एक हजार दुई सय चार रुपैयाँ ५० पैसा कायम भयो । साताको अन्तिम कारोबार दिन शुक्रबार पुनः प्रति १० ग्राम चाँदी एक हजार एक सय ९६ रुपैयाँमा झरेको छ । विश्व बजारमा चाँदीको मूल्य विगत छ महिनायताकै सस्तो भएको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?