संविधान दिवसको शुभकामना

हिमालय टाइम्स
Read Time = 8 mins

आज संविधान दिवस । आजभन्दा ठीक आठ वर्ष पहिले आजेकै दिन अर्थात् २०७२ साल असोज ३ गते वर्तमान संविधान लागू भएको थियो । लोकतन्त्र वा संघीय लोकतान्त्रिका गणतन्त्रको भावनाअनुसार संविधानसभाबाट बनेको हो वर्तमान संविधान । यो संविधान निकै कष्टका साथ बनेको हो । पछिल्लो चरणको प्रजातन्त्र प्राप्तिपछि त्यसको केही समय बित्तानबित्दै माओवादीले सशस्त्र विद्रोह सुरु ग¥यो । सुरुमा यसलाई त्यति विश्वास गरिएको थिएन तर विस्तारै विस्तृत स्वरूप ग्रहण गर्दै गयो । माओवादी विद्रोहका क्रममा १७ हजार नेपालीले ज्यान गुमाउनुपरेको तथ्यांक सार्वजनिक भएको छ । यो मोटामोटी तथ्यांकमात्र हो । यसभन्दा बढीको मृत्यु भएको पनि हुनसक्छ । बेपत्ता भएकाहरूको अर्को छुट्टै तथ्यांक हुनसक्छ ।

माओवादी शान्ति प्रक्रियामा आएको १७ वर्ष भइसकेको हुँदा बेपत्ता भएका भनिएका अब सकुशल भेट्टाइने सम्भावना न्यून छ । घाइते र विकलांगहरूको संख्या निकै ठूलो छ । भौतिक सम्पत्तिको क्षतिको विवरण आँकलन गर्नै नसकिने खालको छ । यो सबै परिणाम प्राप्त हुनेगरी भएको विद्रोहलाई सुरक्षित अवतरण अन्त्यमा सबैलाई चाहिएको थियो । अरूलाई त्रासबाट बच्न र माओवादीलाई विद्रोह भालुको कन्पट भएकाले सबैले विद्रोहको अन्त्य खोजेका थिए । यही बेला दरबार हत्याकाण्ड भयो २०५८ सालमा । त्यसपछि तत्कालीन राजा वीरेन्द्रको शाहको वंश विनाश भयो । राजाका माइला भाइ ज्ञोनेन्द्र शाह जीवित रहेका हुँदा राजपरिवार उत्तराधिकार कानुनका आधारमा राजा हुनुभयो ।

स्थानीय तह, प्रदेश र संघको निर्धारण गरेर सात प्रदेश कायम गर्नेगरी निर्माण भएको यस संविधानले मानवअधिकार तथा जनताका मौलिक हकको संरक्षण गर्नुका साथै जाति, लिंग, क्षेत्रका आधारमा आरक्षणको व्यवस्था गरेको छ ।

राजदरबार हत्याकाण्ड उहाँबाटै गराइएको भन्ने जनमानसमा पर्न गएको हुँदा उहाँ लोकप्रिय बन्न सकिरहनु भएको थिएन । त्यसमाथि उहाँले निरंकुशता अपनाउन खोजेकाले सबै दलहरू उहाँसँग चिडिए । प्रधानमन्त्री भएका बेला नियमित भेटघाटका क्रममा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई अपमानित गर्ने शब्द प्रयोग गरेकै कारण नेपाली कांग्रेसले आफ्नो बाटो बदल्यो र बीपीको संवैधानिक राजतन्त्रको लाइन छोड्यो । माओवादीको माग यही थियो । नेपाली कांग्रेसले पनि त्यही बाटो अपनाएपछि २०६२/०६३ सालको जनआन्दोलन सफल भयो र अन्तरिम संविधान ल्याइयो । राजतन्त्र निलम्बनमा प¥यो । संविधानसभाका दुईवटा निर्वाचन भए । पहिलोबाट संविधान बनाउन नसकेकाले संविधानसभाको दोस्रो निर्वाचन भयो ।

यस पहिले नै राजतन्त्र हटाइसकिएको थियो । २०७० साल मंसिरमा भएको संविधानसभाको दोस्रो निर्वाचनपछि वर्तमान संविधान निर्माण गरियो । गणतन्त्र, संविधानसभाबाट संविधान निर्माण, गोलमेच सम्मेलनलगायत माग राखेर विद्रोह गरिरहेका माओवादीले माग गरेनुसारै संविधानसभाबाट वर्तमान संविधान बनेको हो । संविधान देशको मूल कानुन हो । अन्य आवश्यक कानुन संविधानको भावनामा आघात नपुग्ने गरी निर्माण गर्ने गरिन्छ । नेपालमा २००४, २००७, २०१५, २०१९, २०४७ सालमा संविधान बनेका थिए । यीमध्ये २००४ सालको राणाकालमा बनेको संविधान लागू हुन सकेन भने २००७ सालको संविधानलाई अन्तिरिम संविधान भनिएको थियो । २०१५ र २०४७ सालका संविधान प्रजातान्त्रिक संविधान थिए भने २०१९ सालको संविधान पञ्चायती संविधान थियो । २०६३ सालको संविधान पनि अन्तरिम संविधान थियो ।

वर्तमान संविधानमात्र नेपालको सन्दर्भमा एकमात्र त्यस्तो संविधान हो जो संविधानसभाबाट बनेको छ । ठूलो जनधनको क्षतिपछि अनेक प्रकारको प्रशव सहेर संविधान बनेको हो । गणतन्त्र नेपालको पहिलो संविधान भएका कारण संक्रमणकालका धेरै व्यवस्था यसले मिलाउनु परेको थियो । यसले मूलरूपमा नेपालको शासकीय स्वरूप निर्धारण गरेको छ । धेरै संख्यामा सुझाव संकलन गरेपछि वर्तमान प्रणालीको निर्धारण गरेको हो । स्थानीय तह, प्रदेश र संघको निर्धारण गरेर सात प्रदेश कायम गर्नेगरी निर्माण भएको यस संविधानले मानवअधिकार तथा जनताका मौलिक हकको संरक्षण गर्नुका साथै जाति, लिंग, क्षेत्रका आधारमा आरक्षणको व्यवस्था गरेको छ । लागू हुँदाकै बखतमा यस संविधानविरुद्ध आन्दोलन भयो ।

यस संविधानका कारण भारतको अघोषित नाकाबन्दीको सामना गर्नुप¥यो तर हालका दिनमा सबैले विस्तारै यसलाई आत्मसात गरेका छन् । यही संविधानका आधारमा २०७४ साल र २०७९ सालमा गरी दुई पटक स्थानीय निकाय, प्रदेशसभा र संघको निर्वाचन भइसकेको छ । त्यस अर्थमा यसलाई सफल संविधानको रूपमा स्वीकार्नुपर्ने हुन्छ । अझै घेरै गर्न बाँकी छ, यसको पूर्ण कार्यान्वयन गर्न ४० वटा ऐन बन्न बाँकी छन् भनिँदै छ । नेपालीको चाहना शान्ति, सद्भाव विकास र कानुनी राज्यको व्यवस्था हो । त्यसका लागि सबै दल प्रतिबद्ध हुनुपर्छ । यस संविधानको सफलताको कामना र संविधान दिवसको सन्दर्भमा सबैमा हिमालय टाइम्स परिवारको तर्फबाट हार्दिक शुभकमना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?