मितेरी गंगादेवी शान्ति पुरस्कारबाट तीनजना सम्मानित

मान बहादुर बिश्वकर्मा कालिकोट, संवाददाता
मान बहादुर बिश्वकर्मा कालिकोट, संवाददाता
Read Time = 4 mins

कालीकोट । यस वर्षको ुमितेरी गंगादेवी शान्ति पुरस्कारु कालीकोटका हिक्मतजंग मल्ल, बझाङकी गंगुदेवी खडायत र काठमाडौं स्थायी घर भई जुम्लामा कार्यरत डाक्टर सुवी बस्न्यातलाई प्रदान गरिने गरिएको छ ।

असोज ४ गते विश्व शान्ति स्थापना दिवसको अबसर पारेर शान्ति स्थापनामा विशेष योगदान पुर्‍याउने तीनजना व्यक्तिलाई यस वर्षको मितेरी गंगादेवी शान्ति पुरस्कार प्रदान गरिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत रही गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने गाइनोकोलोजिष्ट डाक्टर सुवी बस्न्यात, सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण योगदान तथा जातीय विभेद विरुद्ध सचेतनामूलक कार्यक्रम गर्ने कालीकोटका हिक्मतजंग मल्ल र महिला हिंसा विरुद्ध अभियान सञ्चालन गर्ने बझाङ जिल्लाका गंगुदेवि खडायतलाई ुमितेरी गंगादेवी शान्ति पुरस्कारु प्रदान गरिएको बताइएको छ ।

तीनैजनाले प्रमाण पत्र, दोसल्ला र नगद ६ हजार ६ सय ९३ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

कालीकोटका मल्ल विक्रम संवत् २०७५ सालदेखि जिल्लामा भइरहने सामाजिक गतिविधिमा संलग्न हुँदै आइरहनुभएको छ । उहाँले कोरोना कालमा १ हजारदेखि १२ सय जना कोरोना पीडितका लागि ‘आपसमा युवा अभियान’ सञ्चालन गर्नुभएको थियो । यस्तै उहाँले जातीय छुवाछूत निर्मूल पार्नका लागि सडक नाटकदेखि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहनुभएको छ ।

साथै मल्लले कालीकोटकी निरु विकको न्यायका लागि विभिन्न समयमा सडक संघर्ष समेत गर्दै आइरहनु भएको छ ।

यस्तै बझाङकी गंगुदेवी खडायतले जिल्लामा पहिलो पटक हलो जोत्नु भएको थियो । उहाँ पनि महिलाको हक हितको लागि, समाजमा शान्ति स्थापना, महिला हिंसाविरुद्धको अभियानमा लाग्दै आइरहनु भएको छ ।

यस्तै डाक्टर सुवी बस्न्यातले संघीय राजधानी काठमाडौंबाट विकट कर्णालीमा बसेर स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिँदै आइरहनु भएको छ ।

आज प्रदान गरिएको पुरस्कार अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा असोज ४ गते आजनै प्रदान गरिने पुरस्कार छनौट समितिकी संयोजक सम्झना पौडेलले केही समय अघि जानकारी दिनुभएको थियो ।

एक्सन वर्क्स नेपालका संस्थापक अध्यक्ष राधा पौडेलको पुस्तक ‘खलंगामा हमला’ ले २०७० सालमा मदन पुरस्कार पाएको थियो ।

उक्त पुरस्कार राशीमा एक्सन वक्र्स नेपालले एक लाख रुपैयाँ थपेर पौडेलको आमा गंगामाया र बुबा देवी पौडेलको सम्झनामा पुरस्कार कोष स्थापना गरेको थियो । सोही रकमबाट आउने ब्याजबाट पुरस्कार प्रदान गरिँदै आइएको छ ।

संस्थाले प्रत्येक वर्ष स्थानीय स्तरमा शान्ति स्थापनाका लागि योगदान पुर्‍याउने व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?