पुस्तक : ममता मृदुलको ‘कान्छी छोरी’

सुशीला घिमिरे
Read Time = 5 mins

ममता मृदुल नेपाली साहित्यमा परिचित नाम हो । उहाँका विभिन्न विधाका पुस्तक प्रकाशित भएका छन् भने साहित्यिक कार्यक्रममा उहाँको बाक्लै उपस्थिति हुनेगरेको पाइन्छ । साहित्यकी सक्रिय सर्जक मृदुलको हालै प्रकाशित पुस्तक हो ‘कान्छी छोरी’ । ‘कान्छी छोरी’ ममता मृदुलको लघुकथा सङ्ग्रह हो । स्ट्यान्डर्ड वा पकेट साइज भनिने सानो साइजमा रहेको यस पुस्तकको प्रकाशन नारी स्रष्टा समाज विराटनगरले गरेको छ । पहिलो संस्करणका रूपमा यो पुस्तक हालैमात्र अथवा २०८० सालमै प्रकाशन भएको हो ।

भूमिका खण्डमा १२ र पाठ्य खण्डमा ७२ गरी पुस्तकमा जम्मा ८४ पृष्ठ छन् । यसको मूल्य २५० रुपैयाँ छ । १००१ प्रति छापिएको यस पुस्तकको लेआउनट रामकृष्ण महर्जनको छ भने आवरण रमेश श्रेष्ठले तयार पार्नुभएको छ । आवरण आकर्षक छ । कलेजी रङको पृष्ठभूमिका रहेको यस पुस्तकको माथि ठूला सेता अक्षरमा पुस्तकको शीर्षक ‘कान्छी छोरी’ भनेर दिइएको छ भने त्यससँगै साना अक्षरमा ‘लघुकथासङ्ग्रह’ भनिएको छ । बीचमा अमूर्त कलाका माध्यमबाट पुस्तकको शीर्षकलाई सार्थक बनाउने गरी आमाको गर्भभित्रको मानवाकृति देखाइएको छ । तल बायाँतर्फ लघुकथाकारकोे नाम दिइएको छ ‘ममता मृदुल’ भनेर ।

नेपाली समाजमा विद्यमान धेरैजसो सामाजिक विषय वस्तुलाई समेट्न खोज्नु भएको छ । मायाप्रेम, धोका, छलकपट, व्यथा, विद्रोह जस्ता कुराहरूको उठान तथा बैठानसमेत कथाले गरेका छन् ।

पृष्ठ आवरणमा कथाकाको फोटो र नामको साथै भूमिकाबाट लिइएका केही शब्द दिइएको छ । तल प्रकाशक संस्था नारी स्रष्टा समाज विराटनगरको लोगो र नाम र सँगै बारकोडसमेत दिइएको छ । पुस्तकको भूमिका खण्डमा जन्मदिनको उपहार भनेर अदिति श्रेष्ठको फोटो दिएर उहाँको प्रशंसाका केही शब्द दिएको छ । त्यसपछि ‘कान्छी छोरीभित्र म हराउँदा’ भन्ने शीर्षकमा लघुकथाकार ममता मृदुलको लामो भूमिका छ । यसबाहेक अरू कसैको भूमिका छैन । यसपछि विषय सूची दिइएको छ ।

यहाँबाट यस सङ्ग्रहमा ३५ वटा लघुकथासङ्ग्रीहित भएको पाइन्छ । यी कथाहरूमा छोटा र आकर्षक शीर्षक रहेको पाइन्छ । १ शब्दका १२, २ शब्दका १८, ३ शब्दका ४ र ४ शब्दका १ वटा शीर्षक छन् । यसबाट कथाकारको छोटा र अकर्षक शीर्षक छनौट गर्ने प्रवृत्ति रहेको देखिन्छ । यसैगरी सङ्ग्रहमा संग्रीहित लघुकथाहरूमध्ये एउटा एक पृष्ठ र एउटा तीन पृष्ठको फैलावटमा छन् भने बाँकी ३३ वटै लघुकथा दुई पृष्ठको पैmलावटमा छन् । यसबाट उहाँँको समान आयाममा लघुकथा लेख्ने प्रवृत्ति रहेको जाकारी देखिन आयो ।

उहाँले विषयवस्तुका आधारमा नेपाली समाजमा विद्यमान धेरैजसो सामाजिक विषय वस्तुलाई समेट्न खोज्नु भएको छ । मायाप्रेम, धोका, छलकपट, व्यथा विद्रोहजस्ता विषयको उठान तथा बैठानसमेत कथाले गरेका छन् । यसैगरी राजनीतिप्रतिको व्यङ्ग्य तथा वितृष्णा पनि यस सङ्ग्रहका कथाहरूमा पाइन्छ । कथाले विविधतालाई समेट्न खोजेको छ । यस छोटो पाठक प्रतिक्रियामा ती सबै कथाको छुट्टाछुट्टै विधातात्विक विवेचना गर्न सम्भव छैन । त्यसैले अहिलेका लागि यतिमात्र भनियो । पछि कतै यसको विस्तृत विवेचना गर्नुपर्ने भयो भने गरौँला ।

पुस्तकको अन्त्यमा कथाकारको परिचय दिइएको छ जसमा उहाँको चिनारी, उहाँले पाएको पुरस्कार र पदक, उहाँका प्रकाशित कृति, उहाँले सम्पादन गर्नभएको पुस्तक तथा उहाँ संलग्न संस्थाको नाम दिइएको छ । साहित्यको अविच्छिन्न अग्रगतिमा रहनुभएकी मृदुललाई पुस्तकका लागि हार्दिक धन्यवाद तथा बधाई साथै पुस्तकको सफलताको कामना । उहाँबाट यस्ता अन्य पुस्तकहरूको प्राप्ति नेपाली साहित्यलाई भइरहोस्, अग्रिम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?