सुनचाँदीको मूल्य स्थिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनचाँदीकै मूल्य स्थिर कायम रहेको जानकारी दिएको छ । महासंघले सोमबारको मूल्यसूची तय गर्दै आइतबारकै मूल्यमा कारोबार भइरहेको जनाएको हो ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो । सोमबार पनि यही मूल्यमा कारोबार भएको हो ।

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य १०० रुपैयाँले बढेको थियो । यसबाहेक सोमबार चाँदीको मूल्य समेत स्थिर कायम रहेर कारोबारमा आएको छ । यससँगै, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ छ । आइतबार चाँदीको मूल्य ५ रुपैयाँ बढेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?