एलपी ग्याँस उद्योग संंघमा नयाँ नेतृत्व

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । संघको २८औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशनबाट एभरेस्ट ग्याँस संसारका अध्यक्ष घिमिरे निर्विरोध निर्वाचित हुनुभएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य घिमिरे यसअघि पनि ग्याँस उद्योग संघको नेतृत्वमा हुनुहुन्थ्यो । उहाँ महासंघको स्थल यातायात तथा पारवहन समितिका सभापतिसमेत रहनुभएको छ ।

वरिष्ठ उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र दुई उपाध्यक्षमा सुरेन्द्रराज पौडेल तथा दिवानबहादुर चन्द रहेका छन् भने महासचिवमा जितबहादुर कार्की, सचिवमा अमित अग्रवाल र कोषाध्यक्षमा आशिष जजोदिया निर्वाचित भएको निर्वाचन समितिका संयोजक गोकुल भण्डारीले जानकारी दिनुभयो ।

सदस्यमा सुनिल सिन्हा, लोकहर्ष शाक्य, आदित्य पराजुली, आयुष नेपाल, योगेश पौडेल, युवक राजभण्डारी र बुद्धि डल्लाकोटी रहेका छन् । मनिषकुमार जोशी र निर्मलकुमार खत्री क्षेत्रीलाई सदस्यमा मनोनीत गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?