काठमाडौं । गायक सीताराम पोखरेलले आफ्नो जन्मदिन विद्यार्थीलाई सहयोग गरेर मनाउनुभएको छ । हरेक वर्षजस्तै यसवर्ष पनि उहाँले सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव मनाउनुभएको हो । अघिल्ला वर्षमा विभिन्न बालआश्रम तथा वृद्धाश्रममा पुगेर त्यहाँ रहेका असहाय-अनाथलाई विभिन्न सहयोग गर्दै आफ्नो जन्मदिन मनाउने गर्नुभएका गायक पोखरेलले यो वर्ष जेहेन्दार विद्यार्थी जुना गौतमको कक्षा ११ र १२ मा अध्ययन गर्न सक्दो सहयोग गर्नुभएको छ । काठमाडौंको चाबहिल सरस्वतीनगर स्थित रिलायन्स कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी गौतमको दयनीय अवस्थालाई मध्यनजर गरेर उहाँको अध्ययनमा केही सहयोग मिलोस् भनेर आफ्नो जन्मदिन बुधबार कलेज पुगेर उहाँले सहयोग गर्नुभएको हो ।
अभिनेता तथा शिक्षासेवी राजकुमार शाहको संयोजकत्वमा गायक पोखरेलले रिलायन्स कलेजमा त्यहाँ रहेका विद्यार्थी तथा शिक्षक, प्राचार्यको उपस्थितिमा आफ्नो जन्मदिन मनाउनुभएको थियो । विगत ३३ बर्षदेखि अनवरत रूपमा गीतसंगीतमा आफूलाई समर्पण गर्नुभएका गायक पोखरेलका यस अवधिमा ३२ वटा म्युजिक भिडियो निर्माण भएका छन् भने सातवटा गीति एल्बम बजारमा आएका छन् ।
नेपाल आयल निगमका पूर्वनिर्देशकसमेत रहनुभएका पोखरेल हाल रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपाल सञ्चालक समितिका सदस्य हुनुहुन्छ । पोखरेलले आफ्ना भिडियोहरूमा प्रथम मिस नेपाल रुवि राणादेखि हालका चर्चित नायिकासम्मलाई अभिनय गराउनुभएको छ । उहाँका फरक गीतका भिडियोमा फरक कथावस्तुमा बेग्लै तबरवाट आफैंले अभिनय गरेको पाइन्छ । उहाँ यतिबेला नयाँ गीत ‘चित दुख्छ रे उनैको’ श्रोता/दर्शकमाझ ल्याउने तयारीमा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच