दुई थान भरूवा बन्दुकसहित दुईजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

नुवाकोट । मेघाङ गाउँपालिका-२ बुङताङबाट भरूवा बन्दुक २ थानसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५२ वर्षीय सिंह तामाङ र २७ वर्षीय साहिल तामाङ रहेका छन् ।

सोही ठाउँस्थित भाडा बनाउने आरनमा भरूवा बन्दुक मर्मत गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बन्दुक मर्मत गर्न ल्याउने दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?