‘परदेशी-२’ को ट्रेलरमा प्रेम, विछोड, खुसी र द्वन्द्व

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चलचित्र ‘परदेशी-२’को ट्रेलर सार्वजनिक गरिएको छ । दशैँको अवसर पारेर यही शुक्रबार २६ असोजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी-२’को ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले घरमा सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदना चित्रण गरिएको छ । ट्रेलरमा प्रेम, विछोड, खुसी र द्वन्द्व देखिन्छ ।

नारायण रायमाझीले निर्देशन गरेको चलचित्रमा प्रकाश सपूतको डेब्यु र शीर्ष भूमिका रहेको छ । चलचित्रमा केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ र दीलिप रायमाझी मुख्य भूमिकामा हुनुहुन्छ ।

‘गोर्खा पल्टन’मा लाहुरेको भूमिकामा देखिनुभएका अभिनेता प्रशान्त तामाङलाई यो चलचित्रमा पनि सोही भूमिकामा देख्न सकिन्छ । राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्र रमेश बिजीले लेख्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?