भातेखोला केन्द्रबिन्दु भएर बझाङमा फेरि भूकम्प

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 1 min

बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङको मष्टा गाउँपालिका भातेखोला केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका अनुसार विहान ११ बजेर ४५ मिनेटमा भातेखोला केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गत मङ्गलवार दिउँसो ३ः बजेर ०६ मिनेटमा बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर छ दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने २० जना व्यक्ति घाइते भएका थिए । यस्तै सयौँ घरमा क्षति पुगेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?