मिष्टर इन्टरनेशनलका लागि अभिषेक फिलिपिन्स प्रस्थान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पुरुषहरूको सौन्दर्य प्रतियोगिता चौथो मिष्टर इन्टरनेशनल नेपाल २०२३ अभिषेक चुडाल फिलिपिन्समा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता पन्धौं एमआई (मिष्टर इन्टरनेशनल) मा प्रतिस्पर्धा गर्न शनिवार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । काठमाडौंको मूलपानीका चुडाल नेपालको प्रतिनिधित्व गर्दै पुरुषहरूको अन्तर्राष्ट्रिय प्रतियोगिता एमआई (मिष्टर इन्टरनेशनल) मा प्रतिस्पर्धा गर्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो । २५ वर्षीय चुडाल ग्रुप अफ इभेन्ट इन्टरटनेर्सबाट चौथो मिष्टर इन्टरनेशनल नेपाल २०२३ छनौट हुनु भएको थियो ।

विभिन्न ३५ देशका पुरुषहरूले स्पर्धा गर्ने सो प्रतियोगितामा अभिषेकले राष्ट्रिय पोशाक, सुटलगायत नेपाली पहिरन प्रदर्शन गर्नुहुनेछ ।
ग्रुप अफ इभेन्ट इन्टरटेनर्स एमआई (मिष्टर इन्टरनेशनल)को आरम्भदेखि फ्रेन्चाइज होल्डर रहेकोले मिष्टर इन्टरनेशनल नेपाललाई सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै आएको र अभिषेकको सहभागिता त्यसकै निरन्तरता रहेको इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले जानकारी गराउनुभयो ।

सो प्रतियोगितामा यसअघि रोकेश तन्डुकार, साजित आलम र प्रशान्तजंग शाहलाई सहभागी गराएको र रोकेशले राष्ट्रिय पोशाक विधाको टाइटल चुमिसकेको सक्सेनाले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?