काठमाडौं । नेपालगञ्जका रिगल ढकालको राष्ट्रपतिद्वारा गरिएको माफी मिनाहविरुद्द आज माइतीघरमा भारती मानन्धरको पक्षमा मानन्धर समाज र युवा अभियन्ताहरुले दबाब पुर्ण प्रदर्शन गरेका छन् ।
उनीहरुले राष्ट्र्पतिको राजीनामा माग्दै नारा लगाउँदै उनीहरु माइतिघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण खबरदारी तथा विरोध गरेका थिए ।
साथै महिला अधिकारकर्मीहरूले आममाफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् । उनलाई कैद मिनाह दिइएको भन्दै मृतककी पत्नी भारती मानन्धर माईतीघरमा अनसनरत हुनुहुन्छ ।
बाँकेको नेपालगञ्जका २९ वर्षीय चेतन मानन्धरमाथि खुडा प्रहार गरी हत्या अभियोगमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका बाँके नेपालगञ्जका गुण्डानाइके योग ढकाल 'रिगल' राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद सजाय माफी गरेपछि छुटेका थिए ।
हत्या अभियोगमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका बाँके नेपालगञ्जका गुण्डानाइके योग ढकाल 'रिगल' राष्ट्रपति रामचन्द्र पौडेलले बाँकीप कैद सजाय माफी गरेपछि छुटेका छन् ।
संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार ६७० जनाको सजाय माफी मिनाहा गरेका थिए । राष्ट्रपतिले बुधबार माफी दिएकामध्ये एक रिगल पनि हुन् ।
रिगल जेलमुक्त भएपछि उनका समर्थक युवाले स्वागत गरेका थिए । दाङको घोराहीस्थित जिल्ला कारगारमा रहेका उनलाई समर्थकहरूले स्कर्टिङ गरी नेपालगञ्ज पुर्याएका थिए । उनलाई तरुण दलका स्थानीय नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए ।
रिगल २०७२ साल असार २८ बाँकेको नेपालगञ्जमा दिउँसै खुडा प्रहार गरी हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए ।
रिगललाई हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । रिगल नेपालगञ्जमा गुण्डागर्दीमा संलग्न थिए । रिगल तरुण दल बाँके क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिसमेत थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच