
काठमाडौं । कोशी सरकार निमार्ण प्रक्रियाका बारेमा क्रिया प्रतिक्रिया आईरहेको छन् ।
एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गर्नुभएको केदार कार्की मुख्यमन्त्रीमा नियुक्त हुने बितिक्कै केन्द्रमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाले सत्तारूढ गठबन्धन कायमै राख्ने र थप मजबुत बनाउने सम्झौता गर्नुभएको छ।
यस लिखित सहमतिले गठबन्धन नटुट्ने बरु थप बलियो बनाउने सम्झौता भएको उहाँहरुले जिकिर गर्नुभएकाे छ । यसले राजनीतिमा थप रोचक मोड लिएको छ ।
यता प्रधानमन्त्री प्रचण्डले एमालेको समर्थन गरेर मुख्यमन्त्री बन्नुभएको कार्कीलाई सत्ता गठबन्धनकै समर्थन रहेको समेत बताइसक्नुभएको छ ।
त्यति मात्र होइन शनिबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले कोशीमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने र केदार कार्की गठबन्धनकै उम्मेदवारका रुपमा मुख्यमन्त्री बनेको जिकिर समेत गर्नुभयो ।
कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने कोशीमा गठबन्धनले सरकार भत्काउने प्रपञ्च थालिसकेको आरोप लगाउनु भएको छ ।
प्रेस चौतारी सिन्धुलीले गरेको पत्रकार सम्मेलनमा बोल्दै कोशीका मुख्यमन्त्री केदार कार्की इमानदार ढंगले अघि बढेसम्म एमालेले साथ दिने बताउनु भयो । यद्यपि सत्ता गठबन्धन सरकार भत्काउने दाउपेचपूर्ण राजनीतिमा जान खोजेको बताउँदै उहाँले जसकोजगमा सरकार निर्माण भएको छ त्यसलाई भत्काउने प्रपञ्च सुरु भइसकेको बताउनु भयो । साथै उहाँले मुख्यमन्त्री कार्कीले इमानदारितापूर्वक अगाडि बढेसम्म एमालेले साथ दिने उहाँले बताउनु भयो ।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा राप्रपा प्रतिपक्षमा बस्ने जनाउनु भएको छ ।
नेकपा एमालेका समर्थनमा कांग्रेसका बिद्रोही उम्मेदवार कार्की मुख्यमन्त्री नियुक्त भएलगत्तै अध्यक्ष लिङ्देनले राप्रपा बिपक्षमा रहने प्रारम्भिक प्रतिक्रिया दिनुभएको हो ।
‘कोशी प्रदेशमा सरकार बनाउन कांग्रेस, एमाले, माओवादी मिलेको राम्रो हुन्छ भन्ने हाम्रो निरन्तरको सुझाव थियो । अन्ततः घुमिफिरी त्यही बाटोबाट सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षको सहकार्यमा मुख्यमन्त्रीको नियुक्ति भएको छ,’ उहाँले भन्नुभयो, ‘अब यसरीनै अहिलेको व्यवस्था र अवस्थाका पक्षधरहरू एकातर्फ र विपक्षकाहरू अर्को तर्फ हुने ध्रुवीकरणलाई तीव्र पारौं, हामी विपक्षमा ।’
यसै विषयलाई लिएरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने गत उपनिर्वाचनमा आफू र स्वणिम वाग्लेलाई हराउन ड्राफ्ट तयार भएको महागठबन्धनले आज सार्थकता पाएको टिप्पणी गर्नुभएको छ ।
गठबन्धनको सहमतिविपरित एमालेको समर्थनका कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेपछि उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
दलका नेताले दिए राजीनामा
कोशीमा नेपाली कांग्रेसका बिद्रोही उम्मेदवार केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भए पछि कांग्रेस भित्रको राजनीतिक परिवर्तन जारी छ ।
नेकपा एमालेको समर्थनमा शेखर कोइराला पक्षधरका कार्की मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै कोशी कांग्रेसका संसदीय दलका नेताले राजीनामा दिनुभएको छ ।
नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिनुभएको छ । उहाँ यसअघि दुई दुई पटक मुख्यमन्त्रीमा नियुक्त भए पनि सर्वोच्च अदालतले उहाँलाई दुबैपटक बर्खास्त गरेको थियो ।
सत्ता गठबन्धनको निर्णय विपरीत आफनै पार्टी कार्की मुख्यमन्त्री नियुक्त भए पछि नैतिकताको कारण देखाउँदै उहाँले आफनो पदबाट राजीनामा दिएको जनाईएको छ ।
प्रदेश सरकार निर्माणको प्रक्रियामा भएका घटनाक्रमले नैतिक रूपमा दलका नेतामा बस्न उपयुक्त नभएको थापाको भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच