काठमाडौं । आस्था राउतको स्वरमा रहेको नयाँ गीत ‘लै बरि लै’ सार्वजनिक भएको छ । सावित्री राउतको शब्द, सुरेश अधिकारीले संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको छ । घटस्थापनाको साइत पारेर सार्वजनिक गरिएको ‘लै बरि लै’मा आस्था आफैँले मोडलिङ गर्नुभएको छ ।
‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गर्नुभएकी आस्थाले ‘चौबन्दीमा पटुकी’ बोलको गीतबाट आफूलाई स्थापित गर्नुभएको थियो । त्यसपछि दर्जनौँ हिट गीतमा स्वर दिनुभएकी आस्थाले नयाँ गीतलाई डान्सिङ शैलीमा तयार गर्नुभएको छ । गीतले छोटो जिन्दगीमा रामरमाइलो गर्नुपर्ने सन्देश दिन्छ ।
किरण थापाको निर्देशन रहेको भिडियोमा राज कटुवाल, मिहाङ, प्रवेश र उपासना शाक्य, कृतिका बराल, कञ्चन श्रेष्ठ, रिया सुन्दासलगायतको उपस्थिति देखिइको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच