काठमाडौं । श्रीलुनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरले सर्जकलाई सम्मान गरेको छ । साहित्यिक क्षेत्रमा ३० वर्षदेखि क्रियाशील संस्था साहित्यकला मन्दिरले काठमाडौंमा आयोजित विशेष समारोहमा तीन वरिष्ठ सर्जकलाई सम्मान गरेको हो ।
अभिनेत्री मनिषा कोइरालाको प्रमुख आतिथ्यतामा भउको कार्यक्रममा ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’ तन्त्र विद्याका विद्वान प्रा.विद्यानाथ उपाध्याय भट्टलाई, ‘सरस्वती सम्मान’ साहित्यकारहरू डा. विष्णुविभु घिमिरे र साहित्यकार लक्ष्मण नेवटियालाई र ‘नारायणगोपाल संगीतसम्मान’ गायिका झुमा लिम्बूलाई समर्पण गरिएको थियो ।
उक्त अवसरमा मनिषा कोइरालाले साहित्यकार तथा कलाकारहरूले आफ्नो पीडा आफ्नो कला र साहित्यिक क्षमतामार्फत् प्रस्तुत गर्ने गरेको बताउँदै सर्जकहरूलाई प्रोत्साहित गर्दै आएकोमा प्रशंसा गर्नुभयो ।
कला मन्दिरका संरक्षक बसन्त चौधरीले यो संस्था ३० वर्षपछि आफ्नो छोरीको जिम्मामा छोडेको भन्दै सबैबाट उस्तै सहयोग मिल्ने अपेक्षा गर्नुभयो । कार्यक्रममा प्रा.डा.उषा ठाकुरको ‘विचार र विश्लेषण’ तथा कवि लक्ष्मण नेवटियाको कविताकृति ‘व्यंग्यधाम’को विमोचन गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच