काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को ‘बी’ डिभिजनबाट ११ क्लब मताधिकारका लागि छनोट भएका छन् । अध्यक्षको अविश्वास प्रस्तावमाथि मतदान गराउन कात्तिक २३ गते हेटौंडामा बस्ने एन्फाको विशेष साधारणसभाका लागि बी डिभिजनबाट ११ क्लब छनोट भएका हुन् ।
शुक्रबार मतदानबाट छनोट भएका क्लबहरूमा सरस्वती युथ क्लब (१३), वीरगञ्ज युनाइटेड क्लब (१२), आरसीटी (११), च्यासल युथ क्लब (११), नयाँबस्ती युथ क्लब (११), बाँसबारी क्लब (११), मध्यपुर युथ एसोसियसन (११), टुसाल युथ क्लब (१०), ब्रिगेट ब्वाइज क्लब (१०), श्रीकुमारी क्लब (१०) मत सहित छनोट भएका छन् ।
यस्तै, झापा फुटबल क्लबले ३, प्लानिङ ब्वाइज युनाइटेड क्लबले २ तथा श्रीभगवती क्लबले तीन मत प्राप्त गरेका थिए । प्लानिङ ब्वाइज एन्फा उपाध्यक्ष दावा लामाको क्लब हो । एन्फाका ४९ सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछि एन्फाले कात्तिक २३ गते हेटौंडामा साधारण सभा बोलाएको छ । सभाले अध्यक्ष नेम्वाङको एन्फा बसाइको अन्तिम निर्णय गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच