
काठमाडौं । आइसिसी टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा नेपालले पहिलो खेल सिंगापुरसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले शनिबार छनोटको खेल तालिका घोषणा गरेअनुसार टियु र मूलपानी क्रिकेट मैदानमा हुने छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ । खेल तालिकाअनुसार समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । यस्तै समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्नेछ ।
यस्तै दोस्रो खेलमा नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ । यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इण्डिजमा आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्न पाउनेछन् । नेपालले छनोटका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
घोषणा गरिएको टोलीमा नेपालका स्पिनर सन्दीप लामिछाने टोलीमा फर्कनुभएको छ । यसअघि नेपालमै भएको त्रिकोणात्मक टी-२० आई सिरिजमा भने सन्दीपले आफ्नो नाम फिर्ता लिनुभएको थियो । नेपालले घोषणा गरेको अन्तिम १५ मा विकेट किपर विनोद भण्डारी र विवेक यादवले पनि स्थान बनाउनुभएको छ । नेपालको टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी हुनुहुन्छ ।
यस्तै ओमानले पनि टोली घोषणा गरेको छ । अफगानिस्तान ‘ए’ सँग ५० ओभर र टी-२० सिरिज खेल्दै ओमानले टोली घोषणा गरेको हो । ओमानको टोलीमा दुई भारतीय मूलका सिद्धार्थप्रसाद बुक्कापट्टनम र प्रतीक आथवलेलाई टोलीमा समेटेको छ । ओमानको टोलीमा जिशान मकसुद, अकिब इलियास, कश्याप प्रजापती, शोएब खान, आयन खान, मोहम्मद नदिम, मोहम्मद नसिम, बिलाल खान, अहमद फैयज बट, कलिमुल्लाह, सकिल अहमद, मेहरान खान, प्रतीक अथावले, सन्दीप गौड र सिद्धार्थप्रसाद बुक्कापट्टनम रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच