काठमाडाैं । सिरहा र कपिलवस्तुबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।
सिरहाकाे लहान नगरपालिका-१२ भोटिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ४५ मिलिग्राम र डिजिटल तराजुसहित लहान नगरपालिका-१३ बस्ने ३३ वर्षीय देबकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय लहान र ईलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले स.९ प ८२७४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त लागूऔषध र तराजुसहित पक्राउ गरेको हो ।
कपिलवस्तुकाे बाणगंगा नगरपालिका-७ बनगाई बस्ने २४ वर्षीय अंकित थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी थारूलाई पक्राउ गरेको हो ।
।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच