
संयुक्त राष्ट्रसंघ । विश्व शहर दिवस मनाउने क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दिगो विकास, आर्थिक वृद्धि तथा नव प्रवर्तनको प्रवद्र्धनमा शहरहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । ‘विश्व शहर दिवस दिगो विकासमा शहरहरूको महत्वपूर्ण भूमिकामाथि विचार गर्ने समय हो’, शहर आर्थिक महाशक्ति मात्र नभएर विश्वव्यापी आवश्यकता पूरा गर्ने अग्रणी क्षेत्र पनि रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो ।
महासचिव गुटेरेसले शहरहरूले जलवायु परिवर्तनदेखि लिएर बढ्दो सामाजिक असमानता र राजनीतिक विभाजनजस्ता जटिल चुनौतीहरूको सामना गर्नुपरिरहेको बताउनुभयो ।
हाल विश्वको आधाभन्दा धेरै जनसंख्याले पहिलादेखि नै शहरी जीवनलाई अपनाइसकेका छन् । संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमको अनुमान अनुसार सन् २०५० सम्म करिब ७० प्रतिशत मानिस शहरमा बस्नेछन् । रासस/सिन्ह्वा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच