काठमाडौंं । बृहत् आर्थिक नीति निर्माण र औद्योगिक एवं व्यावसायिक वातावरण सुदृढ बनाउन नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारी भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
समझदारीअनुसार राष्ट्र बैंक र महासंघले विविध विषयमा तथ्य र तथ्यांकमा आधारित अध्ययन अनुसन्धान गर्नेछन् । सहकार्यले राष्ट्र बैंक र महासंघबीच हातेमालो गर्ने अवसर सिर्जना गरेको भन्दै आगामी दिनमा नीति निर्माणमा निजी क्षेत्रको सहभागिता बढ्ने गभर्नर अधिकारीले विश्वास व्यक्त गर्नुभयो ।
महासंघका अध्यक्ष ढकालले निजी क्षेत्रसँग केन्द्रीय बैंकको सहकार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा वास्तविकतामा आधारित नीति निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो । राष्ट्र बैंकले समय–समयमा गर्ने अध्ययनमा महासंघ र सदस्य संस्थाले आवश्यक सूचना एवं जानकारी उपलब्ध गराउनेछ । साथै महासंघले गर्ने अध्ययनमा राष्ट्र बैंकले प्राविधिक सहयोगका साथै आवश्यकताअनुसार संयुक्त अध्ययन अनुसन्धान पनि हुनेछ । समझदारी कार्यान्वयनका लागि सहजीकरण सेल निर्माण हुनेछ भने समझदारी पाँच वर्षसम्म लागू हुनेछ । राष्ट्र बैंकमा आयोजित हस्ताक्षर कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना, महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच