अष्ट्रेलियामा पुगेर सुगम पोखरेलले के बिषयमा दर्शकलाई माइक प्रहार गरेका थिए ?

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । केही दिन अघि आफ्नो सांगीतिक कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा पुगेका गायक सुगम पोखरेलले दर्शकलाई माइक प्रहार गरेर रडाको मच्चाएका छन् ।

अष्ट्रेलियामा आयोजित सांकृतिक कार्यक्रममा गीत गाउन स्टेजमा उक्लिएका सुगम पोखरले एक दर्शकलाई माइक प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा उनले माइक प्रहार गर्ने व्यक्तिलाई तक्लु भनेर उत्तेजित मुद्रामा सम्बोधन गरेका थिए ।

स्टेजबाट दर्शकलाई सुगमले नेपालमा भूकम्प गएको र १ सय ३३ जनाको निधन भएको भन्दै मौनधारण गर्नका लागि आग्रह गरेका छन् । सुगमले मौन धारण गर्न आग्रह गर्दा पनि दर्शकदिर्घामा भने हल्ला रोकिएको थिएन ।

भूकम्पबाट निधन भएकाले मौन धारण गर्नका लागि बारम्बार आग्रह गर्दा पनि दर्शकमा हल्ला नरोकिएपछि सुगम केही आक्रोशित रुपमा देखिन्थे । कतिपयका अनुसार, उनले मादक पदार्थमा लठ्ठिएर रडाको मच्चाएको रुपमा हेरिएको छ । भिडियामो हेर्दा उनी आफूले गीत गाइरहेको माइक लिएर स्टेजबाट तल झरेका थिए । उनले, माइकले एक जना दर्शकलाई प्रहार गरेको भिडियोमा देख्न सकिन्छ ।

उनलाई सुरक्षागार्डले समातेर स्टेज पछाडि लैजान खोजेका थिए । सुगम फेरि स्टेज उक्लिए । सुगमको आक्रोश अझै रोकिएको थिएन । यसपछि, उनले माइकले फेरि एक जना दर्शकलाई प्रहार गरेका थिए । सुमगले माइकले प्रहार गरेपछि केही व्यक्तिहरुले उनलाई तानेर स्टेज पछाडि लगेका थिए ।

सुगमको यो व्यवहारको सामाजिक संजालमा तिव्र आलोचना भैरहेको छ । सांगीतिक कार्यक्रममा विदेशमा पुग्दा कलाकारहरुबाट हुने यस्तो खालको व्यवहारले सिंगो कला क्षेत्रलाई नै असर पुग्ने भन्दै आलोचना भैरहेको हो । तर, सुगमलाई भने उक्त घटनाप्रति कुन पछुतो छैन् । स्टेजबाट नै माइकले दर्शकलाई हान्नेजस्तो गम्भीर विषयमा सामाजिक सञ्जालमा भाइरल भइरहँदा पनि उनी मौन देखिन्छन् । घटनापश्चात सुगमले उक्त घटनाका विषयमा भने मुख खोलेका छन् ।

सुगम भने आफुले घटाएको उक्त घटना भाइरल भएपछि आफु भाइरल भएकोमा दुखी छैनन् । उनले त्यो भिडियोमा भन्छन्, ‘ म नेपाली कलाकार । देशलाई यतिखेर दुखिराछ भुइचालोका कारणले । हिजोका कार्यक्रममा मौन धारण गरौं भन्दा खेरी नमान्ने पनि नेपाली हुन्छ । त्यो हो मुख्य कुरा ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?