पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-३ मा रहेको तिनाउ खोला ड्याम साइड र भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले धेरैको ज्यान लिएको छ । भूतखोलामा रहेको पानी पोखरी अवलोकन गर्न पुग्नेहरू फोटो खिच्ने र पौडी खेल्न क्रममा अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । स्थानीय सरकार र प्रदेश सरकारले अध्ययन नै नगरी पर्यटक तान्न संरचना बनाएका कारण यहाँ आउने पर्यटक खोलाको सिकार नै बन्न पुगेका हुन् ।
हरेक वर्ष गर्मी मौसममा पौडी खेल्न जाने र अन्य समय खोलाको सिन लिएर तस्बिर खिच्नेहरू लडेर ज्यान गुमाउने गरेका छन् । भूतखोला पर्यटकका लागि आकर्षणस्थल भए पनि त्यसको उचित सुरक्षा प्रवन्ध नहुँदा धेरैले ज्यान गुमाउनु परेको छ । उक्त खोलामा आन्तरिक तथा बाहृय पर्यटकहरू बढी जाने र उनीहरूले नै अकालमा ज्यान गुमाउने गरेका छन् ।
यहाँ मंगलबार घुम्न आएका दुई जनाको अकालमै ज्यान गयो । भारत र रुपन्देहीबाट घुम्न आएका दुई जनाको खोलामा डुबेर मृत्यु भएको हो । भारतबाट घुम्न आएकी एक विद्यार्थीको फोटो खिच्ने क्रममा तिनाउ खोलामा डुबेर मृत्यु भएको छ । मंगलबार साढे १ बजेको समयमा भारतको उत्तर प्रदेश मगहरकाजिपुरकी २० वर्षीया शाहिस्ता प्रवीनको पाल्पाको तिनाउ गाउँपालिका-३ तिनाउ खोलास्थित ड्याममा डुबेर मृत्यु भएको हो । विद्यालयबाट शिक्षकसहित २०/२५ जनाको संख्यामा घुम्न आउनुभएकी प्रविन फोटो खिच्ने क्रममा अचानक चिप्लिन गई खोलामा डुब्नुभएको थियो । उहाँको प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, रुपन्देहीबाट पाल्पा घुम्न आउनुभएका २२ वर्षीय विमल आचार्यको भूतखोलमा डुबेर मृत्यु भयो ।
मंगलबार विहान रुपन्देहीबाट घुम्न आउनुभएका सिद्धार्थनगर नगरपालिका-९ का आचार्य तिनाउ गाउँपालिका-३ भूतखोलामा अचानक डुब्न पुग्नुभएको थियो । खोलामा डुब्नुभएका उहाँलाई प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि बुटवल हस्पिटल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । आचार्यसँग सोही ठाउँकी २६ वर्षीया युना दाहाल पनि आउनुभएको थियो । उहाँ पनि अचानक खोलामा डुब्न पुग्नुभएको थियो । दाहालको भने बुटवल अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था मध्यम रहेको बुझिएको छ । भूतखोलामा रहेको सानो झरना र नीलो रङको पोखरीका कारण मानिस आकर्षित हुने गरेका छन् । यहाँको भूतखोला, ड्याम र तिनाउ खोलामा मात्र धेरैले ज्यान गुमाउने गरेका छन् ।
यहाँका नदी र खोलाबाट आर्थिक वर्ष २०७९/८० को कात्तिक २० गतेसम्म ३० जनाले ज्यान गुमाएको हिटाले संकलन गरेको तथ्यांकमा रहेको छ । ज्यान गुमाउनेमा अधिकांश घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटक रहेका छन् । उक्त खोलामा आन्तरिक तथा बाहृय पर्यटकहरू बढी जाने र उनीहरूले नै अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले सो स्थानमा सुरक्षाका उपायहरू अपनाउन जिल्ला प्रहरी कार्यालयले स्थानीय सरकारलाई आग्रहसमेत गरेको छ । यहाँ भारत, रुपन्देहीलगायत तराईंका जिल्लाहरूबाट तिनाउ खोलामा पौडी खेल्न र फोटो खिचाउन पुग्नेहरूको संख्या बढ्दै जाँदा डुबेर मृत्यु हुनेको संख्यासमेत बढेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच