काठमाडौं । चलचित्र ‘महाजात्रा’को छायांकन काठमाडौं उपत्यकाको विभिन्न स्थानमा भइरहेको छ । यही कात्तिक १५ गतेबाट सुरु भएको छायांकन मह स्टुडियो र नरदेवीको विभिन्न स्थानमा भइरहेको हो । चलचित्रका मुख्य कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउतलगायत छायांकनमा व्यस्त हुनुहुन्छ । जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिने चलचित्रको छायांकन बुधबार नरदेवीमा गरिएको थियो ।
चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात् षट्कोण आर्ट्सको निर्माणमा यो तेस्रो शृंखला हो । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भइरहेको यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बांगदेल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय रहनेछ ।
‘जात्रा’ मा गायकको रूपमा जोडिनुभएका अभिनेता आचार्यले यस शृंखलासँग अभिनेताको रूपमा जोडिनुभएको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल चलचित्रको निर्माता हुनुहुन्छ । चलचित्रमा जितबहादुर रुवाली एसोसिएट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृंगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहनुभएको छ । चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच