सुनको मूल्य बढ्यो

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा १ हजार रुपैयाँ र चाँदीमा २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार १ हजार  रुपैयाँले बढेर छापावाल सुन तोलामा १ लाख १४ हजार ७०० रुपैयाँले कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुन तोलामा १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुन तोलामा एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी तोलामा एक १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?