सान फ्रान्सिस्को । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच तनावपूर्ण सम्बन्धपछि वासिङ्टन र बेइजिङबीच ‘स्वस्थ आर्थिक सम्बन्ध’ पुनःस्थापित हुनुपर्नेमा जोड दिनुभएको छ । युक्रेनमाथि आक्रमणका लागि रूसलाई रक्षा उपकरण आपूर्ति गर्ने चिनियाँ कम्पनीविरुद्ध एकतर्फी कदम चाल्न अमेरिकापछि नहट्ने उहाँले बताउनुभयो ।
‘हामी हाम्रो अर्थतन्त्रलाई चीनबाट अलग गर्न चाहँदैनौँ’, सान फ्रान्सिस्कोमा चीनका उपप्रधानमन्त्री हे लिफेङसँग दुईदिने बैठकपछि येलेनले भन्नुभयो, ‘यसले अमेरिका र चीन दुवैलाई हानि पुर्याउनुका साथै विश्वलाई अस्थिर बनाउनेछ ।’ अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका प्रधानमन्त्री सी चिनफिङबीच आगामी साता क्यालिफोर्नियामा हुने एपेक (एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन) शिखर सम्मेलनमा भाग लिन जानुअघि यो बैठक भएको हो ।
वासिङ्टन र बेइजिङबीचको सम्बन्ध विशेष गरी पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा बिग्रिएको थियो, जसले चीनलाई घरेलु पारदर्शीताको रूपमा प्रयोग गर्नुभयो र अमेरिकी उत्पादनलाई बढावा दिने आफ्नो अभियानको एक भागको रूपमा चिनियाँ आयातमा करवृद्धि गर्नुभयो ।
बाइडेनको शासनकालमा वब्तव्यबाजीमा सुधार आएन र बेइजिङले रूससँगको सहकार्यलाई बढावा दिँदा सम्बन्ध थप तनावपूर्ण बनेको छ ।
हालैका महिनामा बाइडन प्रशासनले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, येलेन र वाणिज्यमन्त्री जिना राइमोन्डोको चीन भ्रमणसहित केही स-साना कदम चालेको छ ।
येलेनले भन्नुभयो, ‘विगत दुई दिनमा, चिनियाँ उपप्रधानमन्त्री र मैले यस जगलाई स्पष्ट, प्रत्यक्ष र उत्पादक वार्ताका साथ निर्माण गरेका छौँ ।’
‘व्यक्तिगत कूटनीतिको विकल्प छैन’, उहाँले भन्नुभयो ‘थप वार्ताका लागि अर्को वर्ष चीन जाने सहमति भएको छ ।’ यद्यपि येलेनले आफ्ना समकक्षीलाई चेतावनी दिँदै चिनियाँ कम्पनीहरूले रूसद्वारा गरिएको युक्रेन आक्रमणमा सहयोग गरिरहेको कुरा वासिङ्टनलाई थाहा भएको बताउनुभएको थियो ।
उहाँले भन्नुभयो, ‘हामीले प्रतिबन्धका कार्यक्रम लागू गरेका छौँ, तर रूसको सैन्य प्रयासका लागि महत्वपूर्ण उपकरणहरू अझै पनि प्रतिबन्धबाट बचिरहेका छन् र रूसलाई सहयोग पुर्याइएका छन् । यसप्रति हामी चिन्तित छौँ ।’ येलेनले आफूले चिनियाँ सरकारको संलग्नताको आरोप नलगाएको तर केही चिनियाँ निजी कम्पनी साथै केही वित्तीय संस्थाहरू पनि ‘त्यो प्रवाहलाई सहज तुल्याउन’ संलग्न रहेको बताउनुभयो ।
‘मैले हाम्रो कुराकानीमा जोड दिएँ । हामी चीनले यस बिषयमा कडा कदम चालेको हेर्न चाहन्छौँ’, उहाँले भन्नुभयो, ‘कुनै कदम नचालेमा वासिङ्टन थप प्रतिबन्ध लगाउन सक्छ ।’ रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच