आज भाइटीका, १० बजेर ५१ मिनेटमा उत्तम साइत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज कात्तिक २९ गते अर्थात यमपञ्चकको पाँचौ दिन आफ्ना दिदीबहिनीहरुले आफ्ना दाजुभाइहरुलाई भाइटीका लगाउने दिन । देशभरका दिदीबहिनीहरु आफ्ना दाजुभाइलाई सप्तरंगी टिका लगाइदिने तयारीमा जुटिरहेका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, भाइटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको छ । हिन्दु धर्मावलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ ।

टीका लगाउन साइत हेर्ने चलन रहेको छ । तर, साइतमा टीका लगाउन नभ्याउनेहरूले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व शुक्रबारदेखि सुरु भएको थियो ।

यस वर्ष कात्तिक २४ गते शुक्रबार धन त्रयोदशी व्रत (धन तेरस) रहेको छ । यस्तै २५ गते शनिबार काग तिहार तथा धनवन्तरी जयन्ती रहेको छ । २६ गते आइतबार लक्ष्मी पूजा तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीतथा नरक चतुर्दशी, सुखरात्रि र कुकुर तिहार रहेको छ । २७ गते सोमबार गाई तिहार र २८ गते मंगलबार गोवर्धन पूजा तथा म्हः पूजा गरिसकिएको छ । यस दिनदेखि नेपाल सम्वत ११४४ प्रारम्भ भइसकेको छ ।

फूलैफूल, रङ, उमंग र उज्यालै उज्यालोको पर्वका रूपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनी बीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रूपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउने, उनीहरूबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमंगका साथ भाइटीका मनाइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?