
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरू विभिन्न मितिमा भएका फैसलामध्ये सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
सामुदायिक वनको उपभोक्ता समितिको प्रतिवादी कर्णबहादुर विष्टले ट्रयाक्टर खरीद बापत १२ लाख ९० हजार रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा नवराज जोशीसहितको सो मुद्दा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।
यस्तै, झुट्टा व्यहोराको गलत प्रतिवेदन दिइ सात लाख ८४ हजार ४४६ रुपैयाँ सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा प्रतिवादी छेवाङ लामा, बोधनाथ उप्रेती र निर्मल लामा स्याङ्तान लगात तीन जनाविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच