काठमाडौं । चलचित्र ‘कंगारु’ निर्माण हुनेभएको छ । गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका नेता राजीव गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा यो चलचित्र निर्माण हुन लागेको हो । सम्राट बस्नेतको निर्देशन रहने चलचित्र सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण हुने बताइएको छ ।
यसअघि सम्राटले निर्देशन गरेको चलचित्र ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो । फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मससँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्र निर्माण हुन लागेको हो ।
चलचित्रमा प्रेम थापा र धनबहादुर गुरुङको लगानी रहने बताइएको छ । दीपक मनाङेले यसअघि ‘दुई नम्बरी’ चलचित्रमा लगानी गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच