
काठमाडौं । अभिनेत्री तथा निर्मात्री श्वेता खड्कालाई पितृशोक परेको छ । उहाँका बुवा ओतबहादुर खड्काको मंगलबार साँझ काठमाडौंस्थित निजीनिवास वनस्थलीमा निधन भएको हो । ओतबहादुर १०१ वर्षका हुनुहुन्थ्यो । पूर्वसैनिकसमेत रहनुभएका उहाँको सेनाको सलामीसहित मंगलबार साँझ नै पशुपति आर्यघाटमा हिन्दु परम्परानुसार अन्तिम संस्कार गरिएको छ ।
पितालाई सम्झँदै स्वेताले इन्स्टाग्राम स्टोरीमा लेख्नुभएको छ, ‘म कहाँबाट सुरु गरुँ । म तपाईंको उपस्थिति, तपाईंको मुस्कान, तपाईंको आवाजलाई एकदमै मिस गर्छु । म तपाईंको कमी महसुस गरिरहेकी छु । तपाईंको छोरी भन्नु नै मेरो लागि सबैभन्दा ठूलो कुरा हो । मेरो लागि सर्वश्रेष्ठ हुनुभएकोमा धन्यवाद ।’ उहाँले चलचित्रमा आउन आफूलाई बुबाकै प्रेरणा रहेको बताउँदै आउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच