काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत् कम्पनीको आइपिओ र हकप्रद सेयर निष्कासन रोकेको विषयमा ऊर्जा उद्यमीले सरकारको ध्यानाकर्षण गराउने भएका छन् । बोर्डले आइपिओ र हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिन आनाकानी गरेपछि ऊर्जा उद्यमीले प्रधानमन्त्री कार्यालयदेखि अर्थ मन्त्रालयसम्मको ध्यानाकर्षण गराउन लागेका हुन् । कम्पनीबाट ऐन नियमविपरीत कार्य भएको भए त्यस्ता कम्पनीलाई आवश्यक सुपरीवेक्षण तथा छानबिन गरी कारबाही गर्नुपर्नेमा समग्र ऊर्जा क्षेत्रलाई नै बदनाम गराउने प्रयास भएको भन्दै बोर्डको पछिल्लो गतिविधिप्रति ऊर्जा उद्यमीले असन्तुष्टि जनाएका छन् ।
केही कम्पनीका संस्थापकले धितोपत्र बिक्री गरेको भन्ने आधारमा सम्पूर्ण कम्पनीलाई धितोपत्र निष्कासन गर्न रोक्न नहुने र यसो गरे यो क्षेत्र नै धरासायी भई अर्थतन्त्रमा नकारात्मक असर पर्ने स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था(इप्पान) को भनाइ छ । बोर्डबाट विगतमा सहजरूपमा धितोपत्र निष्कासन हुने गरेको थियो । सोही कारण हाइड्रोपावर कम्पनीहरूले पनि सहजरूपमा निष्कासन अनुमति पाउन थालेपछि धेरै कम्पनी उत्साहित भई आइपिओ निष्कासनका लागि निवेदन दिन थालेका थिए । तर, हाल धितोपत्र आपूर्ति बढी भएको भन्ने बहानामा धितोपत्रको सार्वजनिक तथा हकप्रद निष्कासनमा ढिलाइ गरेको भन्दै इप्पानले आपत्ति जनाउँदै आएको छ ।
देशको अर्थतन्त्रमा हाइड्रोपावरको योगदान महत्वपूर्ण रहेकाले त्यसको कदर गरी आवश्यकताअनुसार धितोपत्र जारी गर्न दिनुपर्ने इप्पानको माग छ । पुँजी बजारमा आउने सबै कम्पनीलाई समानरूपमा एकै प्रकारको व्यवहार हुनुपर्नेमा हाइड्रोपावर कम्पनीका लागि मात्र कडा व्यवस्था गरी आइपिओ तथा हकप्रद सेयर निष्कासन गर्न रोक्न नहुने ऊर्जा उद्यमीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच