काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही मंसिर अन्तिम साता दल दर्ता गर्ने तालिका छ । शुक्रबार आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा भाग लिने दलहरूलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको जानकारी दिनुभयो ।
राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ । प्रवक्ता पौडेलले आगामी पुस १ गते दलहरूलाई निर्वाचन चिहृन प्रदान गरिने जानकारी दिनुभयो । यसैगरी, पुस १६ गते निर्वाचन अधिकृत नियुक्त गरिने छ भने २० गतेदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी छ । मतदान माघ ११ गते बिहान ९ देखि अपराहृन ३ बजेसम्म हुनेछ ।
राष्ट्रियसभा निर्वाचन ऐनले म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एकतिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेगरी निर्वाचन आयोगबाट निर्णय भइसकेको छ । विसं. २०७४ मा राष्ट्रियसभा गठनपछि पहिलोपटक दुई, चार र छवर्षे कार्यकालका लागि गोला प्रथाका माध्यमबाट निर्धारण भएका सबै सांसद्को कार्यकाल सकिँदै छ ।
नेपाली कांग्रेसबाट अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजंग रायमाझी, नेकपा (एमाले) बाट इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई, (नेकपा माओवादी केन्द्र)बाट बिना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, जनता समाजवादी पार्टी (जसपा) बाट प्रमिला कुमारी, नेकपा (एकीकृत समाजवादी) बाट नन्दा चपाईं र सिङबहादुर विश्वकर्मा, स्वतन्त्र डा. खिमलाल देवकोटा तथा र मनोनीत डा. विमला पौड्यालको कार्यकाल सकिन लागेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच