✍️ जमुना चाम्लिङ (सेर्मा)
विश्वभरका किरात धर्मावलम्बीहरूको धर्मगुरु आत्मानन्द लिङ्देनज्यूको जन्म २०११ साल मंसिर १८ गते शुक्रबार शुक्ल पक्ष, नवमी तिथि, पुनर्वसु नक्षत्र, कन्या लग्न, कुम्भ राशि, भव करण, सौम्य योगको शुभमूहुर्तमा इलाम जिल्ला इभाङ-५, चुक्चीनाम्बाको अगौटे गाउँमा भएको थियोे । सोह्रौँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको पनाति पिता पुण्यप्रसाद र माता चन्द्रमायाको जेठो छोराको रूपमा जन्मनुभएका आत्मानन्दलाई आमाको दूध नखाएकाले बाख्राको दूध खुवाएर बचाएको हो ।
उहाँ जाँड, रक्सी, मद, मांस जन्म सिद्ध सेवन नगरेको, शिशु छँदै आमा दोस्रो विवाह गरी गएकाले उहाँ बजै जोगमायाको काखमा हुर्कनुभयो । ब्रहृमचार्य संन्यासी व्रतमा बस्ने प्रतिज्ञा रहेकीलाई व्रत भंग गराई फाल्गुनन्दले आफ्नो भतिज टेकबहादुरसँग विवाह गराउँदा म तिम्रै कोखमा पुनर्जन्म लिन्छु भन्ने प्रतिज्ञाअनुसार आत्मानन्द पुनर्वतार हुनुभएको हो भन्ने बजु जोगमायाको भनाइ स्मरणीय छ ।
तपस्या, ध्यानी आत्मसाधकीले सात-सातपटक कुम्भकर्ण फक्ताङलुङ दर्शन, दक्षिणमा महासागरसम्म तीर्थव्रत गर्नुभएको गुरुको २०३२ साल माघ २३ गते पवित्रहाङमा साँबासँग देवविवाह गरी प्रणय बन्धनमा बाँधिई ५ पुत्र, ६ सुपुत्री एक दर्जनका अभिभावक बन्नुभयो ।
ज्योतिषी नाम सोमबहादुर नाबालक अवस्थादेखि नै अर्काको आत्मादर्शी भएकाले आत्मा-आत्मेबाट आत्मानन्द कहलिएका बालक इलामको माई, देवमाई र महामाईबीच त्रिवेणी फुल्लंगी पुण्यभूमिमा सिद्ध गरी तागेरानिङवाभूमाङ्को दूत, मुहिगमअङ्सीमाङ फाल्गुनन्दको पुनःवतारको रूपमा आधिकारिक घोषणा गरी किरात धर्मगुरुको आसनमा पदासिन हुन पुगी महागुरुको अपूरो कार्यलाई पूरा गर्न वाणी दिँदै आफ्नो अवतरणको अर्थसार दिनुभएको छ । ब्रहृमज्ञान प्राप्तिपश्चात् २०२७ भदौदेखि माघसम्म ६ महिना पाँच चेला भूलाका साथ पुनः तपस्या बसी दुई-दुईपटक महासिद्धी शक्तिका ब्रहृमज्ञानी आत्मानन्द त्रिकालदर्शी कालान्तरमा त्रिकालज्ञ भनी प्रख्यात हुनुभयो ।
तपस्या, ध्यानी आत्मासाधकीले सात-सातपटक कुम्भकर्ण फक्ताङलुङ दर्शन, दक्षिणमा महासागरसम्म तीर्थव्रत गर्नुभएको गुरुको २०३२ साल माघ २३ गते पवित्रहाङमा साँबासँग देवविवाह गरी प्रणय बन्धनमा बाँधिई ५ पुत्र, ६ सुपुत्री एक दर्जनका अभिभावक बन्नुभयो । अति महत्वपूर्ण क्षण २०४९ साल माघ ३ र ४ गते दुई दिन १००८ दियो कलश बालिएको दैविक विशिष्ट, धार्मिक, सांस्कृतिक, विश्व ब्रहृमाण्डमा घट्ने महाप्रलय जस्ता घटनाहरूको भविष्यवाणी गर्नुभयो जुन ठाउँमा आत्मानन्द शालिक स्थापित छ ।
यस वाणीमा पृथ्वीको महाप्रलय, पुनर्सृष्टि, भारत राज्य टुक्रिने, अमेरिकाको शक्ति घट्ने, युरोपियन राष्ट्रहरू चकनाचुर हुने, मानव विध्वंशकारी तेस्रो विश्वयुद्ध हुने, महाआँधीबेरी, महाबज्र चट्याङ झर्ने, शक्तिशाली धर्महरू समाप्त हुने, महाभूकम्प आउने, सूर्यको ताप बढ्ने हिमाल पग्लेर होचिने, पेट्रोलियम पदार्थ गायव हुने, भयंकर महाअनिकाल हुने, शक्तिशाली राजाहरू समाप्त हुने, अदृश्यरूपी १५० आत्मायानहरू पृथ्वीमा झरेको, चीनमा जातीय युद्ध हुने र विश्वमा अब ५० लाख मात्र जनसंख्या रहने, अन्तत्वगोत्वा ज्ञानीहरूको ज्ञान र धनीहरूको धन पनि हराउने, एउटै सत्य युग दर्शन सुरु हुने र विश्वले आफूलाई सोध्ने दिन नजिकिँदै छ जस्ता जनता, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय घटनाक्रमको लामो देववाणी बोल्नु भई विश्वप्रसिद्ध पाउनुभएको नेपालका एक मात्र त्रिकालयज्ञ, आत्मादर्शी, आत्माज्ञानी, ब्रहृमज्ञानी ब्रहृमसमाधि प्राप्त ज्ञानगुरु, मुन्धुमी भाषामा ‘माङ्लिङ्मा, माङ्ओप्मा, माङ्केप्मा, तागेरा निवङ्वाभूमाङ्केप्मा, मुहिगुम अङ्सिमाङ् माङ्धक कुधक’ हुनुभएको छ ।
उहाँकृत मिसन किरात धर्म तथा साहित्य उत्थान संघ, एवंम किरात चोःत्लुङ अङसिमाङ्गेन्ना सेवामार्फत किरात धर्म दर्शन संस्कृति, सामाजिक मुन्धुमहरू चीन, हङकङ, भारत, भुटान, बर्मा, युके, अमेरिका, रुस र अरवियन मुलुकसम्म फैलिएको र सारा विश्वभर फैलाउने, २०५८ को राष्ट्रिय जनगणनामा ८ लाख १८ हजार १०६ जनाले किरात धर्म लेखाई राज्यको चौथो दर्जामा स्थापित राष्ट्र धर्मगुरु राष्ट्रिय शक्तिको रूपमा स्थापित हुनुहुन्छ । उहाँको गरिमामय नेतृत्वमा २०५७ साल कार्तिक २४-२६ किरात धर्म अन्तर्राष्ट्रिय प्रथम महासम्मेलन २०६७ चैत २१-२३ गते दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन त्रिदिवसीय रूपमा सम्पन्न भेलाले सात बुँदे काठमाडौं घोषणापत्र जारी गरी संसारसामु किरात धर्मको ज्योति, प्रकाश पार्नुभई किरात धर्मलाई अन्तर्राष्ट्रिय करण गर्न सफल हुनुभएको छ । जहाँ नौ-दश मुलुकको सहभागिता थियो ।
भाषा, लिपि, धर्म, संस्कृति, भेषभूषा, गरगहना र इतिहास हाम्रो पहिचान हो भन्ने धर्मगुरुको लाखौँ लाख संख्यामा आबद्ध छन् र हजारौँ अनुयायी माङ्सेवासाहरू पूजारी, पण्डित, पुरोहितहरू उत्पादन भएका छन् । उहाँको जन्मदिनसँगै अर्को महत्वपूर्ण चाड किराँत पर्व, उँधौली पूजा पनि मानिन्छन् ।
सिद्धिशक्तिका संवाहक ज्योतिपुञ्ज योगदर्शीको जन्मभूमि चुक्चीनाम्वामा भए पनि कर्मभूमि माङ्सेबुङ बनाउनुभएको धर्मगुरुको मूल उद्देश्य मानव मोक्ष, शान्ति र मानव एकतामा आधारित छ । ठूला बडाको आदर, सानुलाई कदर र शत्रुलाई माया गर्नुपर्छ । राज्य सञ्चालन शासन, प्रशासन र अनुशासन पक्रियामा सन्तुलन ल्याउन र मानव जीवनलाई महामानव धरातलमा रूपान्तरण गर्न आदिम आध्यात्मा, साम्यावादविना सम्भव छैन, राज्य ब्रेडले नभई ब्रेनले र अन्तोत्वगत्वा ब्रहृमाज्ञानले सञ्चालन गर्नुपर्दछ, यही तागेरा निङ्वाभूमाङको मूलसन्देश बताउनुहुने गुरुको सत्य, अहिंसा, दया र शान्ति नै हाम्रो अस्त्रशस्त्र र धर्म हो । धर्मलाई आध्यात्मसँग, आध्यात्मलाई विज्ञान एवं विश्व ब्रहृमाण्डसँग जोडेर भौतिकीय मानव कसीमा अवतरण गर्नु योगीजन धर्मगुरुहरू र राज्यधिकारहरूको साझा कर्तव्य भएकाले संसारमा देवविद्या र राजविद्या नै सर्वश्रेष्ठ सर्वशक्तिमान तत्व हुन् । त्यसभन्दा अदृश्य शक्ति ईश्वरीय शक्ति अजेय हुन्छ भन्ने धारणा गुरुदेवको उचाइ–गहिराइ रहस्यमय ईश्वरमय छ ।
गुरुदेवको वरद नेतृत्वमा देशभित्र र बाहिर सयौँ मन्दिरहरू स्थापित भइसकेको र इलाम बाँझो-९ माङ्सेबुङ केन्द्रीय धार्मिक स्थलमा आरोग्यशाला, योगशाला, ध्यानशाला, मुन्धुमशाला, ज्योतिषशाला, विज्ञानशाला, ज्ञानशाला, जपशाला, तपशाला शिक्षाशाला, दीक्षाशाला आदि भव्य मन्दिर निर्माण गरी मुन्धुमहरू प्रतिपादन गर्ने अन्तिम तयारीमा लागि पर्नुभएको गुरुको ब्रहृमविद्या, ज्ञानशक्तिलाई राज्यशक्तिले सदुपयोगमा ल्याउनसके नेपाल, नेपाली जनता र विश्व मानव सौभाग्यशाली बनेर र अमनचैयन कायम गरी सुःख शान्तिले बाँच्न पाउनेछौँ ।
भाषा, लिपि, धर्म, संस्कृति, भेषभूषा, गरगहना र इतिहास हाम्रो पहिचान हो भन्ने धर्मगुरुको लाखौँ लाख संख्यामा आबद्ध छन् र हजारौँ अनुयायी माङ्सेवासाहरू पूजारी, पण्डित, पुरोहितहरू उत्पादन भएका छन् । उहाँको जन्मदिनसँगै अर्को महत्वपूर्ण चाड किरात पर्व, उँधौली पूजा पनि मानिन्छन् । सोही दिन किरात पर्व उँधौली पूजा किरात जनजातीय सांस्कृतिक दुई महत्वपूर्ण उँधौली र उभौली चाड प्रकृतिमय छन् । उँधौली पूजालाई मुवेक्वा चेःसोक सेवाको विशिष्ट स्थान छ । किसान वर्गले अन्नबाली पाकेपछि सर्वप्रथम उनै प्रकृतिदेवि सृष्टिकर्ता तागेरा निङ्वाभूमाङ्लाई चढाउने प्रचलन नै कालान्तरमा उँधौली बन्ने गएको ऐतिहासिक पर्वसँगै आत्मानन्द जन्मोत्सव एक सिक्काको दुई पाटाभई स्थापित भएर मनाउन लागिरहेका छन् ।
आज यही पूण्य तिथिमा आध्यात्मिक भविष्यदर्शी, महाज्ञानी, अलौकिक शक्तिका संवाहक किरात धर्मगुरु आत्मानन्द सेइङको ७०औं जन्मोत्सव तथा उँधौली चाड २०८० मंसिर १८ गतेका दिन किरात धर्मावलम्बीहरूको घर आँगनमा कोसेढुङ्गे सावित गराउन मंगलमय शुभकामना सन्देश बोकेर सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यू प्रमुख अतिथि आउनुभई मनाउने पूर्ण तयारीमा बीसाँै हजार भक्तजनहरूको माझमा धर्मगुरुको नुमाङ्गेन्ना शुभजन्मोत्सव एवं उँधौली चेःसोक सेवामा गरिमामय आवागमन हुने अवसरले लोकतान्त्रिक गणतन्त्र मुलुक वास्तविक समावेशी संघीयता सावित भएको छ ।
जीवस्व शरदःशतम्
नित्य शुद्ध निराभासं निराकारं निरञ्जनम् ।
नित्य बोध चिदानन्द गुरोब्रहृमा नमाम्यहम् ।।
मेन्निमाङ मेन्धेमाङ निस्सेःमाङ सेक्खामाङ कुनोमाङ आनोमाङ तागेरा निङ्वाभूमाङ् इङघङ केसेःबा मुहिगम अङ्सिमाङ् फाल्गुनन्द रे चइत्नारा, इत्थुङ्गेन याङ्मोकुनारा केधान्छिङ्वा, थाकथाकु आत्माननद सेइङ् माङधङकुधक, ङासिगेन कुयाम्वेकुधुक्खेओ, नोमावातामावा, माङवाहाङ्वा कुङ्मा, माङ्सीहाङ्सिङ् कुसिङ्निप्मा माङ्लिङ्मा माङ्केप्मा माङओप्मा ओत् तागेरा निङ्वाभूमाङ् केप्मा हुक्से कुक्फाक नोनिङ्वा तोन्दुङ्लो । शान्ति, सेवारो, तियाहा, जय । धर्मगुरु आत्मानन्द-चिरायु रहुन्’ किरात धर्मको-जय’ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच