काठमाडौं । गीतकार अगम विकरालकृत नवीनतम् गीतसंग्रह ‘यादको मूर्च्छना’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष सामारोहबीच नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो ।
रावासावा प्राज्ञिक समाज नेपालको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि हार्तम्छाली, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदी, वरिष्ठ साहित्यकार डा.विष्णु राई, रावासावाका अध्यक्ष बम बानियाँ, कृतिकारकी जीवनसंगीनी फूलमाया राई र बरिष्ठ साहित्यकार प्राज्ञ एवं कवि चन्द्र रानाहँछाले कृतिको संयुक्त रूपमा लोकार्पण गर्नुभएको थियो ।
कृतिमाथि वरिष्ठ गीतकार अमर वान्तु, शीतल कादम्विनी, हर्क साउदले समीक्षात्मक टिप्पणी गनुभएको थियो भने गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, निर्वतमान अध्यक्ष शुभ मुकारुङ, डा.भक्त राईले शुभकामना मन्तव्य राख्नुभएको थियो । यस्तै कार्यक्रममा डा.विष्णु राई, नारदमणि हार्तम्छाली, धनप्रसाद सुवेदी, शम्भु राईले गीतकार अगमका गीतमा माटोको सुगन्धका साथै माया, प्रेम विछोडका गहिरो भाव रहेको बताउनुभएको थियो । सबै गीतहरू आफैंमा उत्कृष्ट रहेको बताउनुहुँदै उहाँहरूले अगमका गीतहरू वाचनसमेत गर्नुभएको थियो ।
कवि रानाहँछाले सहजीकरण गरेको कार्यक्रममा रावासावाका वरिष्ठ उपाध्यक्ष सुरेश हाचेकालीले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष बम बानियाँको सभापतित्वमा भएको कार्यक्रममा गीतकार अगम विकराललाई सम्मान पनि गरिएको थियो ।
रावासावाले प्रकाशन गरेको गीतसंग्रह ‘यादको मूच्र्छना’ १४३ पृष्ठको रहेको छ । संग्रहमा धुनभित्र (रेकर्ड भएका), धुनबाहिर (रकेर्डहुन बाँकी) गरेर १११ वटा गीत समाविष्ट छन् । यसको मूल्य २५० रुपैयाँ राखिएको छ । अत्यन्त र सभ्य र भव्यरूपमा सम्पन्न भएको कार्यक्रममा कवि, गीतकार, कलाकार साथै सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो ।
खोटाङको साकेला गाउँपालिका-२, रतन्छाका बासिन्दा गीतकार राई रोजगारीको सिलसिलामा हालः दक्षिण कोरियामा हुनुहुन्छ । २०७६ सालमा ‘अनुभूति’ गीति एल्बम सार्वजनिक गर्नुभएका उहाँ ‘वर्ष गीतकार पुरस्कार २०७८’बाट सम्मानित हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच