नाै वर्षीय बालकले लेखे ओलीलाई पत्र : पेट पाल्न हामीले विदेशिनु नपरोस्

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

सुर्खेत । मध्यपहाडी लोकमार्ग अन्तर्गत महाकाली–मेची यात्रामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका एक ९ वर्षीय बालकले पत्र लेखेका लेख्नुभएको छ ।

गुर्भाकोट नगरपालिका–१० भेडाबारीका ९ वर्षीय बालक किशोर पौडेलले आफूलाई यात्राकै क्रममा सानो पत्र हातमा दिएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले सामाजिक सञ्जालमार्फत् ती बालकले दिएको पत्र पनि सार्वजनिक गर्नुभएको छ ।
पत्रमा बालकले आफूजस्ता बालकहरू युवा अवस्थामा पुग्दा पेट पाल्नकै लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्न आग्रह गर्नुभएको छ ।
‘म र मजस्ता बालकहरू युवा अवस्थामा पुग्दासम्म पेट पाल्नका लागि विदेश जानैपर्ने अवस्थाको अन्त्य गरिदिनुहुन अनुरोध गर्दछु,’ बालकले लेखेको पत्रमा उल्लेख छ ।

बालकको पत्रपछि निर्माण थालिएको मध्यपहाडी लोकमार्ग निर्माण, भेरी बबई डाइभर्सन लगायतका काम त्यसैका लागि भएको पनि बताइएको ।
‘हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ । ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौँ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

सो चिठ्ठीबारे सामाजिक सञ्जालबाट जानकारी दिँदै अध्यक्ष ओलीले लेख्नुभएको छ :–

'हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो। हिँडने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए। स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए। मैले सोचें : हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ। ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौं। सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन्। यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?