काठमाडौं । गायक पदम राईसँग हङ्कङमा रहेका नेपाली झुमेका छन् । हङ्कङमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा हजारौंको संख्यामा उपस्थित दर्शक माझ आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गर्दै उहाँले दर्शकलाई आफूसँगै नचाउनुभएको हो ।
एभरेष्ट इन्टरटेनमेन्ट ट्रेर्डिङद्वारा हङ्कङस्थित याक एण्ड यति रेष्टुरेण्ट एण्ड बारमा आयोजित विशेष सांगीतिक कार्यक्रममा गायक राईले आफ्नो दर्जनभन्दा बढी चर्चित गीत गाएर उपस्थित पाहुनालाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । कार्यक्रममा गायिका खुशी थुलुङको पनि प्रस्तुति रहेको थियो ।
गायक राईको पछिल्लो समय सार्वजनिक भएको ‘के गुलियो छ र सखर चिनी’, ‘पछि पछि लागेर’, ‘जागिर खान्छु सरकारी अड्डामा’ ‘यसो हेरे पूर्वतिर’लगायतका गीत चर्चामा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच