काठमाडौं । सुशील ज्ञवाली र शन्तिश्री परियारको स्वरमा रहेको गीत ‘लजाउँदै लजाउँदै’ सार्वजनिक भएको छ । हरि गिरी शब्द/संगीत र एचबिएन किस्मतको संगीत संयोजन रहेको लोकगीतको भिडियो सार्वजनिक भएको हो ।
मौसम हिमालीको निर्देशन र गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा गम्भीर र गीता ढुंगानाको अभिनय छ । गीतमाथि रमाइलो ढंगको भिडियो निर्माण गरिएको छ ।
भिडियोमा अर्जुन तिवारीको छायांकन तथा मनोज कार्कीको सम्पादन छ । २०६४ सालमा पहिलो पटक लोकदोहोरी एल्बम ‘रैछौ चिटिक्कै’ बजारमा ल्याएर गायन यात्रा सुरु गर्नुभएका सुशीलका ‘दाइको साली’, ‘तिम्रै बोली सुनेर रोइला’, ‘बोलायो मायाले’, ‘आमाको वेदना’, ‘हाम्रो नवलपरासी’, ‘लास्टै मन परेर’, ‘चुरिया छ्याई छ्याई’, ‘तिम्रै माया लाग्छ’ गीत श्रोता/दर्शकमाझ आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच