✍️ तोयराज नेपाल
मार्ग कृष्णपक्षको चतुर्दशीका दिनलाई बालाचतुर्दशी भनिन्छ । यस दिन पाशुपत क्षेत्रको मृगस्थलीमा गएर मृगस्थली क्षेत्रको परिक्रमा गर्दै शतबीज रोपण गर्ने गरिन्छ । साथै पशुपतिनाथ बाबाको, गुहृयेश्वरीमाताको र वासुकी नागराजाको समेत दर्शन, स्पर्शन र पूजन गर्नाले मनुष्यको पुनर्जन्म हुँदैन भन्ने शास्त्रमा वर्णन गरिएको छ । अर्थात् मनुष्य मुक्त हुन्छ । मार्ग कृष्ण चतुर्दशीलाई बालाचतुर्दशी भनिन्छ । यस दिन सम्भवभएमा पाशुपत क्षेत्रको मृगस्थलीमा गएर र सम्भव नभए आफ्ना आसपासका विशेषगरी शिवमन्दिरहरूका परिसरमा अथवा देवी मन्दिरको परिसरमा वा विष्णु मन्दिर परिसरमा वा गणेश मन्दिर परिसरमा वा सूर्य मन्दिर परिसरमा वा जुनसुकै देव मन्दिर परिसरमा गएर भए पनि शतबीज रोप्ने शास्त्रीय विधान छ ।
पिता-माता अर्थात् सात पुस्ताभित्र जुठो बार्नुपर्ने जो कोहीको पनि जुठो बार्ने या बर्खी बार्ने क्रममा पूरा गर्नुपर्ने नियम कुनै कारणवशः पूरा गर्न नसकेको रहेछ या कुनै त्रुटि भएको रहेछ भने त्रयोदशीमा जाग्राम बसेर बाला चतुर्दशीको दिन पवित्र खोलामा तीन फेरा डुबुल्की मारी चोखोनितो भई शतबीज छर्नाले र मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले सम्पूर्ण दोषबाट मुक्ति पाइन छ ।
शतबीज छर्ने भनिएको ठाउँमा एक दिनअगाडि नै त्रयोदशी कै दिन गएर राति जाग्राम बसी दीप प्रज्वलन गर्दै, भजनकीर्तन गरी रातभर भोलिपल्ट बिहान नदी-खोलामा गई स्नान गरी चोखो–नितो भएर शुद्धभावले शतबीज छर्ने प्रचलन छ । पृथ्वीलोकमा यसरी छरिएको शतबीज पितृहरूको लोकमा गएर अंकुरण हुने भएकाले पितृहरूले कहिल्यै पनि भोकै बस्नु नपर्ने भन्ने मान्यता रहेकाले शतबीज छर्ने गरिन्छ । बाला चतुर्दशीको दिन एकगेडा शतबीज छरेको पुण्यले एक टुक्रा सुन दान गरेको पुण्य प्राप्त हुन्छ । र, मृतजनहरूको दिवंगत आत्माले मुक्ति पाउँछ भन्ने शास्त्रीय मान्यता रहेको छ ।
जसलाई लौकिक भाषामा सद्मी छर्ने भनिन्छ । यस विषयमा शास्त्रीयवचन यसप्रकार छ
सुवर्णरतिकातुल्यं व्रीहिमेकं परिक्षिपेत् ।
मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते ।
पूजयेत्पशुपं देवं गुहृयेशीं परमेश्वरीम् ।
वासुकीं नागराजञ्च तद्दिने परिपूजयेत् ।।
यस दिन पशुपतिना मन्दी परिसरमामा रहेको कैलाश र मृगस्थली वनमा, हलेसी महादेव, चतरा, बराहक्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, नवलपरासीको देवघाट धाम, धनुषाको क्षिरेश्वरलगायत देशभरका शिवालय तथा त्रिवेणी धामहरूमा मानिसहरू शतबीज छर्न जाने गर्छन् । पिता-माता अर्थात् हजुरबुबा–हजुरआमा या सात पुस्ताभित्र जुठो बार्नुपर्ने जो कोहीको पनि जुठो बार्ने या बर्खी बार्ने क्रममा पूरा गर्नुपर्ने नियम कुनै कारणवशः पूरा गर्न नसकेको रहेछ या कुनै त्रुटि भएको रहेछ भने त्रयोदशीमा जाग्राम बसेर बाला चतुर्दशीको दिन पवित्र खोलामा तीन फेरा डुबुल्की मारी चोखोनितो भई शतबीज छर्नाले र मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले सम्पूर्ण दोषबाट मुक्ति पाइने शास्त्रीय प्रमाण रहेको छ ।
कुनै अप्ठ्यारोका कारण दीप प्रज्वलन गर्न शिवालय वा शक्तिपीठ पुग्न नसकिएमा मृतात्माको नाममा घरमै श्रद्धापूर्वक दीप प्रज्वलन गरी, दुना वा टपरीमा राखी खोलामा बगाउने चलन पनि छ ।
यसरी सहजै वत्तिवगेको खण्डमा पितृले वैतर्नी तरेको र वत्ति सहजरुपमा नबगेको खण्डमा पितृले वैतर्नी नतरेको मान्यता पनि छ । सबैभन्दा रोचक प्रसँग चाही आजको दिन पशुपतिको विश्वरुप मन्दिर छेउको गणेशको मुर्तीसँग समबन्धीत छ । उक्त गणेशको मुर्तीलाई कान नसुन्ने रुपको भगवानका प्रतिकका हिसाबले लिईन्छ र तसर्थ भक्तालुहरू ले जोड जोडले चिच्याएर, कराएर, हल्लाएर उक्त मुर्तीलाई कान सुनाउन खोज्ने चलन र अथक प्रयासहरूले बालाचर्तुदर्शीको अन्त्यमा रोचक महत्व राख्दछ ।
यथासम्भव धान, जौ, तिल, गहुँ, कागुनु आदि जम्मा गरी मिसाएर रोप्नुपर्दछ वा छर्नुपर्दछ । त्यो पनि सम्भव नभएमा एक रति सुन जत्रो सानु एउटा धानमात्र भए पनि रोपण गरी शिव, देवी, विष्णु, गणेश, सूर्य र अन्य कुनै पनि देवताको दर्शन, स्पर्शन र पूजनमात्र गर्दा पनि ठूलो पुण्यलाभ हुन्छ र मुक्त भइन्छ ।
बाला चर्तुदशी एउटा मित्रताको प्रसँग पनि हो, बाला एकजना असुर हुन भनेँ उनका साथी व्रिसलाई राजाले बालालाई मार्नका लागि पठाएका हुन्छन् । बालाले आर्यघाटमा मृतकका आफन्तलाई तर्साउने र मृतकको शव खाइदिने गरेकाले जनताहरूले धेरै दुख्ख पाएका हुन्छन् । व्रिसले आफ्नो साथी बालालाई छलले मार्न उचित ठान्दैनन र मित्रताको न्यानो परिधीभित्र बालाले जस्तोसुकै असुर भएको भए पनि आफ्नो साथी भएकाले हत्या गर्न नसक्ने भएकाले गएर श्लेषमान्तक बनमा गएर आदिददेव शिवजीको तपस्या गर्दछन् । शिव व्रिसको तपस्याले प्रसन्न भएर बालालाई असुरजुनीबाट मुक्त गरिदिन्छन् र व्रिसलाई शतबीज छरेर आफ्नो साथी बालालाई पापबाट मुक्त गराउन आज्ञा दिन्छन् । यसरी शतबीज छर्ने चलन सुरु भएको र आजको यो दिन मित्रताको दृष्टान्तका रूपमा पनि महत्पूर्ण रहेको बाला र व्रिसको यो कथाले प्रष्टपारेको छ ।
प्राचीन हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख भएअनुसार धानका सय दानामात्र चढाउनुपर्ने विधान रहेको पाइन्छ ।
मृगस्थलीं परिभ्राम्य पुनर्जन्म न विद्यते ।
सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् ।।
आशुतोष भगवान शिव मृगरूप धारण गरी विचरण गर्नुभएको यस पुण्यक्षेत्रमा बालाचतुर्दशीका दिन एक दाना बीज छर्दा एक दाना स्वर्ण दान गरे बराबरको पुण्यफल प्राप्त हुने र दिवंगत आत्माले पनि मुक्ति पाउने विश्वास समेत गर्ने गरिन्छ । बागमती नदीको किनारस्थित मृगस्थलीमा आशुतोष भगवान शिव मृगरूप धारण गरी विचरण गरिरहनुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न भगवती माता पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई माता पार्वतीले चिन्न सकेको किम्वदन्ती पनि रहेको छ ।
मार्ग कृष्ण चतुर्दशीका दिन सम्भव भएसम्म शतबीज अर्थात् धान, जौ आदि सय प्रकारका बीउहरू रोप्नुपर्दछ । सम्भव नभएमा यथासम्भव धान, जौ, तिल, गहुँ, कागुनु आदि जम्मा गरी मिसाएर रोप्नुपर्दछ वा छर्नुपर्दछ । त्यो पनि सम्भव नभएमा एक रति सुन जत्रो सानु एउटा धानमात्र भए पनि रोपण गरी शिव, देवी, विष्णु, गणेश, सूर्य र अन्य कुनै पनि देवताको दर्शन, स्पर्शन र पूजनमात्र गर्दा पनि ठूलो पुण्यलाभ हुन्छ र मुक्त भइन्छ । त्यसकारण सम्भवभएसम्म यस दिन श्रद्धा एवं भक्तिपूर्वक शतबीज रोपणगरी भगवान् पशुपतिनाथको, जगन्माता गुहृयेश्वरीको र वासुकी नागराज देवताको समेत पूजा आराधना गरे राम्रो हुनेछ । सम्भव नभएमा जुनसुकै देव मन्दिर परिसरमा गई यथासम्भव शतबशीज छरौं र भक्तिपूर्वक उपलब्ध देवताको दर्शन, स्पर्शन र पूजन गरौं, पुण्यलाभ हुन्छ ।
ॐ हरये नमः।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच